जनज्योति क्याम्पसमा तालाबन्दी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ९, २०७६
|
|
३६ पटक हेरिएको
Shares
जनज्योति क्याम्पसमा तालाबन्दी

सारांश

  • कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित जनज्योति बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थीले आज अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
  • क्याम्पस प्रशासनसमक्ष साताअघि प्रस्तुत गरिएका मागबारे सुनवाइ हुन नसकेपछि तालाबन्दी गरिएको सङ्घका पूर्वजिल्ला सदस्य उपेन्द्रबहादुर बमले बताउनुभयो ।
  • क्याम्पस र प्रशासन शाखामा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित जनज्योति बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थीले आज अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

क्याम्पस प्रशासनसमक्ष साताअघि प्रस्तुत गरिएका मागबारे सुनवाइ हुन नसकेपछि तालाबन्दी गरिएको सङ्घका पूर्वजिल्ला सदस्य उपेन्द्रबहादुर बमले बताउनुभयो । क्याम्पस र प्रशासन शाखामा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

विद्यार्थीहरुले शुल्क फिर्ता गर्नुपर्ने, मोटरसाइकल पार्किङको व्यवस्था गर्नुपर्र्ने, पुस्तकको व्यवस्था गर्नुपर्ने, दोहोरो अध्यापन बन्द गर्नुुपर्ने, एमबिबिएसको चौथो सेमिष्टरमा शिक्षकको व्यवस्था गर्नुपर्नेलगायत मागअघि सारेका छन् ।
–––

(https://rentalsfloridakeys.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?