वर्षमानलाई गोली छल्दै हैरान, किन हानियाे गोली ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
१८ पटक हेरिएको
Shares
वर्षमानलाई गोली छल्दै हैरान, किन हानियाे  गोली ?

सारांश

  • काठ्माडाै ,  मंसिर १० गते हुने निर्वाचनमा रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका वर्षमान पुन ‘अनन्त’ र प्रदेशसभाका उमेद्वार दिपेन्द्र कुमार पुनमगर ‘सिजल’  आज थबाङ पुगेका छन् ।
  • उनिहरू निर्वाचनकाे प्रचार प्रसारकाे लागि माइन र गोलीका अवरोध पन्छाउँदै थबाङ पुगेका हुन ।
  • रोल्पामा निर्वाचन हुन नदिने लक्ष्य अनुरुप विप्लब निकट नेकपाले निर्वाचन खारेजीको अभिायान अन्तर्गत रोल्पालाई खारेजीको नमूना जिल्ला बनाउने भन्दै   जिल्लाका विभिन्न गाउँपालिकामा आफ्नो प्रभाव बढाउँदै छ ।

काठ्माडाै ,  मंसिर १० गते हुने निर्वाचनमा रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका वर्षमान पुन ‘अनन्त’ र प्रदेशसभाका उमेद्वार दिपेन्द्र कुमार पुनमगर ‘सिजल’  आज थबाङ पुगेका छन् ।

उनिहरू निर्वाचनकाे प्रचार प्रसारकाे लागि माइन र गोलीका अवरोध पन्छाउँदै थबाङ पुगेका हुन ।

रोल्पामा निर्वाचन हुन नदिने लक्ष्य अनुरुप विप्लब निकट नेकपाले निर्वाचन खारेजीको अभिायान अन्तर्गत रोल्पालाई खारेजीको नमूना जिल्ला बनाउने भन्दै   जिल्लाका विभिन्न गाउँपालिकामा आफ्नो प्रभाव बढाउँदै छ ।

निर्वाचन हुन नदिने र  राेल्पा लाइ खारेजिकाे नमुना जिल्ला बनाउने उदेश्य का साथ उम्मेदवार लाइ लक्षित गाेलि प्रहार गरिएकाे नेकपाले जनाएकाे छ ।

यसैगरी दुइखोली गाउँपालिकाको इरिबाङ बागमाराको कार्यक्रमलाई सम्वोधन गर्नका लागि २६ गते बागमारा जादै गर्दा अनन्तलाई लक्षित गरी  गोलि प्रहार सँगै ढुङ्गा प्रहार नेकपाकै कार्यकर्ताबाट गरेका जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । सो आक्रमण पनि कुनै क्षति नभएको निर्वाचन परिचालन समितिले बताएको छ ।

२०७० को निर्वाचनमा पनि थबाङ सहितको २ नं निर्वाचन क्षेत्र ओनसरी घर्तीमगरलाई लक्षित गरी तत्कालीन मोहन बैद्यको नेतृत्वमा रहेको नेकपा–माओवादीले बहिस्कारको अभिायानलाई तिव्रता दिएको थियो । गाउँ गाउँमा बम पड्काउने, मतदातालाई जानबाट रोक्ने, आमसभालाई रोक्न खोज्ने लगायत उमेद्वारलाई पनि निशासा बनाएको थियो । यस पटक पनि नेकपाले २५ गते विहान बाम गठबन्धनका प्रतिनिधि सभाका उमेद्वार एवं माओवादी केन्द्रका नेता  अनन्त र प्रदेशसभाका निर्वाचन सदस्यका उमेद्वार सिजल चढेको जीपलाई लक्षित गरी माडी गाउँपालिका १ भिताबाङमा तारवाला माइन विस्फोटन गराएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?