सुदूरपश्चिम सरकारले पायो पूर्णता

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १७, २०८०
|
|
३६ पटक हेरिएको
Shares
सुदूरपश्चिम सरकारले पायो पूर्णता

सारांश

  • काठमाडौं ।
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार गठन भएको झण्डै छ महिना पुग्नै लाग्दा आज मन्त्रीपरिषद् विस्तार भएको छ ।
  • आज तीन जना मन्त्रीमा नियुक्त भएसँगै सुदूरपश्चिम सरकारले पूर्णता पाएको हो ।

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार गठन भएको झण्डै छ महिना पुग्नै लाग्दा आज मन्त्रीपरिषद् विस्तार भएको छ । आज तीन जना मन्त्रीमा नियुक्त भएसँगै सुदूरपश्चिम सरकारले पूर्णता पाएको हो । मुख्यमन्त्री शाहले यो गरेर तेस्रो पटकमा मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयको शपथ ग्रहण गराएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्री कांग्रेसका प्रदेशसभा सदस्य शिवराज भट्टलाई ,भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई बनाइएको छ ।

मन्त्री भट्ट बैतडीको प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

रामेश्वर चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका थिए । त्यस्तै, कैलाश चौधरी कैलाली निर्वाचन क्षेत्र नं. १ (१)बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?