वामका धामीसँग ८ हजार बढी मतान्तरले पूर्वमन्त्री साउद पराजित

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
५१ पटक हेरिएको
Shares
वामका धामीसँग ८ हजार बढी मतान्तरले पूर्वमन्त्री साउद पराजित

सारांश

  • पूर्व सिँचाईमन्त्री एनपी साउदलाई ८ हजार बढी मतको अन्तरले पराजित भए ।
  • उनलाई वाम गठबन्धनका उम्मेदवार नरबहादुर धामीले पराजित गरेका हुन् ।
  • धामीले ८ हजार ३२७ मतको अन्तरले उनलाई पराजित गरेका हुन् ।

पूर्व सिँचाईमन्त्री एनपी साउदलाई ८ हजार बढी मतको अन्तरले पराजित भए । उनलाई वाम गठबन्धनका उम्मेदवार नरबहादुर धामीले पराजित गरेका हुन् । धामीले ८ हजार ३२७ मतको अन्तरले उनलाई पराजित गरेका हुन् । निर्वाचन क्षेत्र नम्बर २ अधिकृतको कार्यालयका अनुसार धामीले २४ हजार ८९३ र साउदले ३३ हजार २२० मत ल्याएका थिए ।

निर्वाचन क्षेत्र नम्बर २ मा ८९ हजार ७९१ कुल मतदाता मध्ये ६२ हजार ७८१ मत खसेका थिए । यस्तै निर्वाचन क्षेत्र नम्बर २ का दुवै प्रदेश सभामा वामकै उम्मेदवार निर्वाचित भएका छन् । क्षेत्र नम्बर २ को ‘क’ र ‘ख’ प्रदेश सभामा वामका उम्मेदवारले निटकत प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारलाई हराउदै निर्वाचित भएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर २ अधिकृतको कार्यालयका अनुसार (क) प्रदेश सभा तर्फ वामका उम्मेदवार महेशदत्त जोशीले आफ्ना निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार पुष्करराज ओझालाई ५ हजार २९ मतले हराए । जोशीले १७ हजार, ६७२ र ओझाले १२ हजार ४६२ मत ल्याएका थिए । यस प्रदेशमा ३० हजार ८०२ मत खसेको थियो ।

यस्तै निर्वाचन क्षेत्र नम्बर २ (ख) प्रदेश सभातर्फ पनि वामकै उम्मेदवार लालबहादुर खड्का निर्वाचित भए । खड्काले आफ्ना निकटतम प्रतिद्वन्दी बहादुर सिह थापालाई ४हजार ५३४ मतले अन्तरले हराउदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । खडकाले १६हजार ३८५ र थापाले ११ हजार ८५१मत ल्याएका थिए । यस प्रदेशमा २९ हजार ३१४ मत खसेको थियो ।

निर्वाचन क्षेत्र नम्बर २बाट निर्वाचित तीनै जना वामका उम्मेदवारले निर्वाचनमा जनता संग गरेका बाचा पुरा गर्ने उद्घोष गरेका छन् ।

निर्वाचन अधिकृत विष्णू प्रशाद पौडेलले सोमबार दिउँसो मात्रै प्रमाण पत्र वितरण गरिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१२ बजेबाट मौन अवधि सुरु, के-के गर्न पाइदैन
१२ बजेबाट मौन अवधि सुरु, के-के गर्न पाइदैन
पौने तेह्र खर्ब रुपैयाँको बजेट
पौने तेह्र खर्ब रुपैयाँको बजेट
प्रशिद्ध धार्मिक स्थल मोदीवेणीधाममा पञ्चमुखी शिवलिङ्ग स्थापना !
प्रशिद्ध धार्मिक स्थल मोदीवेणीधाममा पञ्चमुखी शिवलिङ्ग स्थापना !
हजारौँ रोहिङ्ज्याद्वारा अगस्ट २५ को स्मरण गर्दै शिविरमा प्रदर्शन
हजारौँ रोहिङ्ज्याद्वारा अगस्ट २५ को स्मरण गर्दै शिविरमा प्रदर्शन
धुर्कोट गाउँपालिका १ नयाँगाउँमा ७ बर्षिय बालिका बलत्कृत
धुर्कोट गाउँपालिका १ नयाँगाउँमा ७ बर्षिय बालिका बलत्कृत
निर्मला प्रकरणः डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत
निर्मला प्रकरणः डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत
अनुकूल मौसममा पनि देखिएनन् बेगनास तालमा पर्यटक
अनुकूल मौसममा पनि देखिएनन् बेगनास तालमा पर्यटक
फेसबुकमा अश्लिल शब्द प्रयोग गर्नाले युवतीहरुको ग्याङ फाइट, एक गम्भीर घाइते..
फेसबुकमा अश्लिल शब्द प्रयोग गर्नाले युवतीहरुको ग्याङ फाइट, एक गम्भीर घाइते..
नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक
नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक
सुन्दरीको खेती : प्रतियोगीकै गोजीबाट आयोजकलाई आम्दानी, प्रायोजक नै निर्णायक
सुन्दरीको खेती : प्रतियोगीकै गोजीबाट आयोजकलाई आम्दानी, प्रायोजक नै निर्णायक