वामपन्थी एकताको घोषणासँगै मोदीको नेपाल भ्रमण रोकियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
वामपन्थी एकताको घोषणासँगै  मोदीको नेपाल भ्रमण रोकियो

सारांश

  • काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ।
  • नेपालमा ‘अप्रत्याशित’ रूपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका कारण यी दुई उच्चस्तरीय भ्रमण तत्कालका लागि नहुने भएका हुन्।
  • एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टी एकता गर्ने घोषणासँगै शेरबहादुर देउवा नेतृत्वको सरकार परिवर्तन हुन सक्ने चर्चाबीच मोदी र सिरिसेनाको भ्रमण प्रभावित भएको सरकारी स्रोतले जनाएको छ।

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ। नेपालमा ‘अप्रत्याशित’ रूपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका कारण यी दुई उच्चस्तरीय भ्रमण तत्कालका लागि नहुने भएका हुन्।

एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टी एकता गर्ने घोषणासँगै शेरबहादुर देउवा नेतृत्वको सरकार परिवर्तन हुन सक्ने चर्चाबीच मोदी र सिरिसेनाको भ्रमण प्रभावित भएको सरकारी स्रोतले जनाएको छ।

नयाँ दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग बुधबार राति १५ मिनेट भेटवार्ता गरेका थिए। भेटमा मोदीको प्रस्तावित भ्रमण र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो। मोदीको नेपाल भ्रमण तत्कालका लागि ‘होल्डमा राखौं’ भन्ने प्रस्ताव भारतीय विदेशमन्त्री स्वराजले गरेकी थिइन्। स्वराजले नेपालमा वामपन्थी शक्तिबीच एकता प्रयास र निर्वाचनमा तालमेलबारे पनि चासो राखेकी थिइन्।
बिहीबार बिहान काठमाडौं आएका राजदूत उपाध्यायले पछिल्लो राजनीतिक घटनाक्रमका कारण मोदीको भ्रमण तत्काल नहुने पुष्टि गरे। ‘यो पोलिटिकल टम्र्बाइलको अवस्थामा भ्रमण गर्न गाह्रो छ। भविष्यमा कुनै समयमा मोदीको भ्रमण होला’, उनले भने।

कूटनीतिक स्रोतका अनुसार मोदी अरुण तेस्रो जलविद्युत् परियोजना शिलान्यासका लागि यही असोज २८ गतेदेखि दुई दिन नेपाल भ्रमणमा आउने गरी उच्च राजनीतिक तहमा दुवै देशमा छलफल चलिरहेको थियो। ‘मोदीको भ्रमणका लागि केही महिनायता गृहकार्य भइरहेको थियो। एमाले र माओवादी केन्द्रलगायत शक्तिले अचानक निर्वाचनमा तालमेल गर्ने तथा एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेपछि मोदीको भ्रमणमा भारतीय पक्ष अनिच्छुक देखियो’, एक सरकारी अधिकारीले अन्नपूर्णसँग भने।

परराष्ट्र मन्त्रालय र सरकारी निकाय मोदीको भ्रमणका लागि दसैंलगत्तै जुट्ने तयारीमा थिए। ‘तर, अब भ्रमणको तयारी रोकेका छौं’, परराष्ट्रका एक अधिकारीले भने। देउवाको भारत भ्रमणमा मोदीले आफू देउवाकै कार्यकालमा नेपाल आउन इच्छुक रहेको बताएका थिए। देउवाले पनि मोदीलाई नेपाल भ्रमण गराउन जोड दिएका थिए। देउवाको भारत भ्रमणमा मोदी अरुण तेस्रो शिलान्यासमा चाँडै नेपाल आउने सहमति भएको थियो। सहमतिअनुसार भ्रमणको मिति टुंग्याउन मौखिक रूपमा उच्च सरकारी तहमा छलफल जारी थियो। मोदीले देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा आफू नेपाल भ्रमणमा आउने घोषणासमेत गरेका थिए।

मोदी आउनु एक साताअघि भ्रमणको औपचारिक घोषणा गर्ने समझदारी भएको थियो। मोदीले अरुण तेस्रो उद्घाटन, मुक्तिनाथ, पशुपतिनाथलगायत तीर्थस्थल भ्रमण अनि उच्च राजनीतिक तहमा भेटवार्ता गर्ने तयारी थियो। देउवाको भारत भ्रमणअघि नेपालले कात्तिक या मंसिरमा बिमस्टेकको शिखर सम्मेलन आयोजना गर्ने र बिमस्टेकको प्रमुख मुलुक भारतका तर्फबाट प्रधानमन्त्री मोदी आउने छलफल चलेको थियो। दुई महिनाअघि काठमाडौंमा आयोजित बिमस्टेक विदेशमन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले निर्वाचन तयारीमा व्यस्त हुने भएकाले बिमस्टेक शिखर सम्मेलन गर्न नेपाललाई आवश्यक तयारी गर्न समय नपुग्ने बताएका थिए।

त्यससँगै केन्द्र र प्रदेशको निर्वाचनअघि नै मोदीको भ्रमण असोज अन्तिम साता गर्ने योजना बनेको अधिकारीहरू बताउँछन्। श्रीलंकाली राष्ट्रपति सिरिसेनाले गर्ने भनिएको नेपाल भ्रमणसमेत तत्कालका लागि टरेको स्रोतले जनाएको छ। श्रीलंकाले असोज ३० गतेदेखि तीन दिनका लागि सिरिसेनाको नेपाल भ्रमणको मिति प्रस्ताव गरेको थियो। नेपालले मोदी र सिरिसेनाको भ्रमणको तयारी एकसाथ अघि बढाउने योजना बनाएको थियो। ‘तर, अब यी दुवै भ्रमण तत्काल हुनेछैनन्’, परराष्ट्रका एक अधिकारीले भने।

नेपाल र श्रीलंकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वर्षगाँठको अवसरसमेत यही वर्ष परेकाले सिरिसेना नेपाल आउन इच्छुक थिए। राष्ट्रसंघीय महासभाको दौरान प्रधानमन्त्री देउवासँग न्युयोर्कमा असोज तेस्रो साता भएको भेटवार्तामा सिरिसेनाले अक्टोबरमा नेपाल आउन इच्छुक रहेको बताएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाखमा सम्पन्न श्रीलंका भ्रमणमा सिरिसेनालाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन्।

अनपूर्णपोस्ट बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अछाममा वाम र काँग्रेस उम्मेदवारबीच प्रतिष्पर्धा
अछाममा वाम र काँग्रेस उम्मेदवारबीच प्रतिष्पर्धा
सुस्त श्रवण भएका बालबालिकालाई कम्मल वितरण
सुस्त श्रवण भएका बालबालिकालाई कम्मल वितरण
खेल सङ्घको विवाद समाधान हुँदै,समितिको म्याद एक महीना थप
खेल सङ्घको विवाद समाधान हुँदै,समितिको म्याद एक महीना थप
आयोगद्धारा आज बन्दसूचीको सूचना प्रकाशन गर्ने तयारी
के छ? एमाले र माओवादी एकताका लागि तयार पारिएको ४२ पेजको प्रतिवेदनमा
फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना
फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना
प्रचण्डमाथि अमेरिकामा ‘नो इन्भेष्टिगेशन’ : सोनिया गान्धी र मोदीकै हैसियतमा राजकीय सम्मान
प्रचण्डमाथि अमेरिकामा ‘नो इन्भेष्टिगेशन’ : सोनिया गान्धी र मोदीकै हैसियतमा राजकीय सम्मान
प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन सँगै गर्न प्रधानमन्त्रीको प्रस्ताव
प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन सँगै गर्न प्रधानमन्त्रीको प्रस्ताव
शिशुको नाम ‘शिलान्यास’
शिशुको नाम ‘शिलान्यास’
मन्त्रीलाई २ करोड बुझाएर जोगिएकी कामिनीलाई २ अर्बको काण्ड लाग्दै !
मन्त्रीलाई २ करोड बुझाएर जोगिएकी कामिनीलाई २ अर्बको काण्ड लाग्दै !

तपाईंले छुटाउनुभयो कि?