सफल भएन भारतको चन्द्रमामा यान अवतरण गराउने योजना

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २१, २०७६
|
|
२० पटक हेरिएको
Shares
सफल भएन भारतको चन्द्रमामा यान अवतरण गराउने योजना

सारांश

  • चन्द्रमामा चन्द्रयान अवतरण गर्ने भारतको प्रयास अन्तत असफल भएको छ ।
  • अन्तिम समयमा यानले सम्पर्क गुमाएपछि प्रयास असफल भएको हो ।
  • चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा पुग्न केही मिनेटमात्र बाँकी रहँदा यानले सम्पर्क गुमाएको भारतीय अन्तरीक्ष अध्ययन केन्द्र इसरोले पुष्टि गरेको छ ।

चन्द्रमामा चन्द्रयान अवतरण गर्ने भारतको प्रयास अन्तत असफल भएको छ । अन्तिम समयमा यानले सम्पर्क गुमाएपछि प्रयास असफल भएको हो ।

चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा पुग्न केही मिनेटमात्र बाँकी रहँदा यानले सम्पर्क गुमाएको भारतीय अन्तरीक्ष अध्ययन केन्द्र इसरोले पुष्टि गरेको छ । यान चन्द्र सतहबाट मात्र २ं.१ किलोमिटर टाढा रहँदा सम्पर्क गुमाएको हो । यसबारे डाटा लिने प्रयास भइरहेको जनाइएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण भएको भए भारतले नयाँ किर्तिमान बनाउने थियो । दक्षिणी ध्रुवमा यान अवतरण गर्ने पहिलो देश बन्थ्यो भने चन्द्र सतहमा यान अवतरण गर्ने चौंथो मुलुक बन्थ्यो ।

भारतले लामो प्रयासपछि चन्द्रयान प्रक्षेपण गरेको हो । उसले ४५ दिनअघि चन्द्रयान २ चन्द्रमाका लागि प्रक्षेपण गरेको थियो ।

यान अवतरण प्रत्यक्ष हेरिरहेका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले वैज्ञानिकहरुलाई सान्त्वना दिदै अर्को प्रयासमा सफलता हासिल गरिने बताए । उनले प्रयासमा तलमाथि हुनजाने भन्दै भारतीय वैज्ञानिकहरुको उच्च प्रशंशा गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?