वायुसेवा निगमले तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ गर्ने
सारांश
- काठमाडाैं।
- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसहित तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक भूमिस्थ प्रबन्ध (कमर्सियल ग्राउण्ड ह्याण्डलिङ) सेवा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सले) ले गर्ने भएको छ ।
- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयले पाएको सेल्फ ग्राउण्ड ह्यान्डलिङ सेवा रद्द गर्ने निर्णय गरेपछि निगमलाई पोखरा विमानस्थलको पनि ग्राउण्ड ह्याण्डिलिङ सेवाको बाटो खुलेको हो ।
काठमाडाैं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसहित तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक भूमिस्थ प्रबन्ध (कमर्सियल ग्राउण्ड ह्याण्डलिङ) सेवा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सले) ले गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयले पाएको सेल्फ ग्राउण्ड ह्यान्डलिङ सेवा रद्द गर्ने निर्णय गरेपछि निगमलाई पोखरा विमानस्थलको पनि ग्राउण्ड ह्याण्डिलिङ सेवाको बाटो खुलेको हो । क्यानको गत पुस ४ गतेको बैठकले हिमालयले दुई वर्ष अगाडि पाएको सेल्फ ग्राउण्ड ह्यान्डलिङ सेवा रद्द गर्ने निर्णय गरेको थियो ।
क्यानका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार यस निर्णयबाट राष्ट्रिय ध्वजाबाहकका पक्षमा ठूलो सहयोग पुग्नेछ । अब तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलमा निगमले कमर्सियल ग्राउण्ड ह्याण्डलिङ सेवा गर्नेछ । यसअघि निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्याण्डिलिङ गर्दै आएको छ ।
“प्राधिकरणको वर्तमान आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दै राष्ट्रिय ध्वजावाहकलाई संरक्षण गर्नुपर्ने राज्यको दायित्व भएकाले निजी वायुसेवा हिमालय एयरलाइन्सले पाएको सेल्फग्राउण्ड ह्याण्डलिङको अनुमति खारेज गरी वायुसेवा निगमको पक्षमा राष्ट्रवादी निर्णय गरेको छ”, क्यानको निर्णयमा भनिएको छ ।
हिमालयलाई सेल्फ ह्यान्डलिङको अनुमति दिँदा निगमको २० प्रतिशत आम्दानी गुम्ने खतरा रहेको भन्दै क्यानले पछिल्लो निर्णयले निगमको साविक आम्दानी प्रभावित नहुने अवस्था बनेको उल्लेख गरेको छ ।
निर्देशिकाबमोजिम अनुमति पाएको एक वर्षभित्र ग्राउण्ड इक्युपमेन्ट खरिद गरी सेवा सञ्चालन गर्नुपर्नेमा हिमालयले सो नगरेपछि उसको अनुमति रद्द गर्ने निर्णय भएको क्यानले जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यही पुस १७ देखि व्यावसायिकरूपमा सञ्चालनमा आउँदैछ । उक्त विमानस्थलमा आज आन्तरिक उडानका बुद्ध एयर र यती एयरलाइन्सले डेमो उडान सफलताका साथ सम्पन्न गरेका छन् ।
वायुयानको भूमिस्थ प्रबन्ध तथा अन्य ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालन निर्देशिका, २०७२ को दफा ४ बमोजिम साताको ३५ वटाभन्दा बढी नियमित उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सेल्फ ह्यान्डलिङ गर्न पाउने नियमअनुसार ४ असोज २०७७ मा हिमालय एयरलाइन्सले यो अनुमति पाएको थियो ।
gate io nedir
I am sorting out relevant information about gate io recently, and I saw your article, and your creative ideas are of great help to me. However, I have doubts about some creative issues, can you answer them for me? I will continue to pay attention to your reply. Thanks.
www.binance.com sign up
Your article helped me a lot, is there any more related content? Thanks!