युवतीले दिइन् आफ्ना प्रेमीसहित ४ जनालाई किटानी जाहेरी

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २१ माघ- दरबारमार्गको ल्यान्डमार्क होटलमा सामूहिक बलात्कारमा परेकी युवतीले आफ्नो प्रेमी शैलेश कार्कीसहित चार जनाका नाममा किटानी जाहेरी दर्ता गरेकी छन् ।
  • उनले शुक्रबार महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् ।
  • युवतीले आफ्नो प्रेमी भनिएका रामेछाप दुरडाँडा घर भई हाल राजधानी बस्दै आएका कार्की, उनका साथी दीपक श्रेष्ठ र अन्य २ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

काठमाडौं, २१ माघ- दरबारमार्गको ल्यान्डमार्क होटलमा सामूहिक बलात्कारमा परेकी युवतीले आफ्नो प्रेमी शैलेश कार्कीसहित चार जनाका नाममा किटानी जाहेरी दर्ता गरेकी छन् ।

उनले शुक्रबार महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् । युवतीले आफ्नो प्रेमी भनिएका रामेछाप दुरडाँडा घर भई हाल राजधानी बस्दै आएका कार्की, उनका साथी दीपक श्रेष्ठ र अन्य २ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

यससँगै काठमाडौं परिसर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले चारै जनाको खोजी तीव्र पारेको छ ।काठमाडौं परिसरले बलात्कार घटना आर्थिक लेनदेनका आधारमा गुपचुप मिलाएको भन्दै अनुसन्धान थालेपछि सुरुवाती बयानमा युवतीले इन्कारी बयान दिएकी थिइन् । जब कि घटनालगत्तै महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुगेर उनैले आफू सामूहिक बलात्कारमा परेको बताएकी थिइन् ।

बिहीबार यता प्रहरीले युवती र उनकी आमालाई काउन्सिलिङ गर्दै पुनःबयान सुरु गरेको थियो । दोस्रो पटकको बयानमा भने युवतीले आफूलाई राति दुई युवाले पालैपालो बलात्कार गरेको आफूले थाहा पाएको र त्यसपछि आफूले होस गुमाएको बताएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?