बाहुन हिंड्दै जाँदा पहिलो ठग देखापर्यो । बाहुनलाई देखेर ठगले उनको अघिल्तिर आएर हात जोड्दै भन्यो,“बाहुन बाजे, नमस्कार छ । छि: छि: तपाईंले यो मरेको गधाको बच्चालाई किन बोकी हिंड्नुभएको हो कुन्नि । तपाईंजस्तो बाहुनले यस्तो अपवित्र लाश बोकेर हिंड्न ठीक भएन है । फालिदिनुस् यसलाई तथा नुहाएर चोखिनुस् ।” ठगको कुरा सुनेर बाहुनले रिसाएर भने,“तिमी अन्धो छौं कि क्या हो ? मैले बोकालाई बोकेको देखेनौं ?” बाहुन रिसाएको देखेर सो ठगले भन्यो,“रिसानी माफ होस् बाहुन बाजे । मैले तपाईंले जे बोकेको देखें सोही भनें । यसमा किन रिसाउने ? तपाईंको जो मर्जी, जे मन लाग्दछ त्यही गर्नुहोस् । मैले बित्थामा भनिदिएँ । म आफ्नो बाटो लाग्छु, ल १” यति भनेर ऊ आफ्नो बाटो लाग्यो । बाहुन आफ्नो बाटो हिंड्न थाले ।
दुई कोस पर गएपछि अर्को ठग बाहुनको अघिल्तिर आएर हात जोड्दै भन्यो,“बाहुन बाजे, नमस्कार छ । छि: छि: तपाईंले यो मरेको गधाको बच्चालाई किन बोकी हिंड्नुभएको हो कुन्नि । तपाईं जस्तो बाहुनले यस्तो अपवित्र लाश बोकेर हिंड्न ठीक भएन है । फालिदिनुस् यसलाई तथा नुहाएर चोखिनुस् ।” त्यसको कुरा सुनेर बाहुनले रिसाएर भने,“तिमी अन्धो छौं कि क्या हो ? मैले बोकालाई बोकेको देखेनौं ?” बाहुन रिसाएको देखेर सो ठगले भन्यो,“रिसानी माफ होस् बाहुन बाजे । मैले तपाईंले जे बोकेको देखें सोही भनें । यसमा किन रिसाउने ? तपाईंको जो मर्जी, जे मन लाग्दछ त्यही गर्नुहोस् । मैले बित्थामा भनिदिएँ । म आफ्नो बाटो लाग्छु, ल !” यति भनेर ऊ आफ्नो बाटो लाग्यो । बाहुन आफ्नो बाटो हिंड्न थाले ।
तीन कोस पर गएपछि तेस्रो ठग बाहुनको अघिल्तिर आएर हात जोड्दै भन्यो,“बाहुन बाजे, नमस्कार छ । छि: छि: तपाईंले यो मरेको गधाको बच्चालाई किन बोकी हिंड्नुभएको हो कुन्नि । तपाईंजस्तो बाहुनले यस्तो अपवित्र लाश बोकेर हिंड्न ठीक भएन है । फालिदिनुस् यसलाई तथा नुहाएर चोखिनुस् ।” त्यसको कुरा सुनेर बाहुनले रिसाएर भने,“तिमी अन्धो छौं कि क्या हो ? मैले बोकालाई बोकेको देखेनौं ?” बाहुन रिसाएको देखेर सो ठगले भन्यो,“रिसानी माफ होस् बाहुन बाजे । मैले तपाईंले जे बोकेको देखें सोही भनें । यसमा किन रिसाउने ? तपाईंको जो मर्जी, जे मन लाग्दछ त्यही गर्नुहोस् । मैले बित्थामा भनिदिएँ । म आफ्नो बाटो लाग्छु, ल १” यति भनेर ऊ आफ्नो बाटो लाग्यो ।
तेस्रो ठगले पनि अघिका दुईजना ठगहरूले भनेको भैंm भनेको सुन्दा बल्ल बाहुनको मुटुमा चिसो पस्यो,“होइन तीनजना बेग्लाबेग्लै मानिसले एउटै कुरा कसरी भन्न सके ? साँच्चिकै मैले बोकेको पशु मरेको गधाको बच्चा नै पो हो कि ।” बाहुनको मनमा भीषण द्वन्द्व उत्पन्न भयो,“यदि उनीहरूले भनेको कुरा सत्य हो भने वास्तवमा मजस्तो पवित्र बाहुनलाई महापातक निश्चय नै लाग्यो ।” किनकि शास्त्रमा भनिएको छ– रासभोष्ट्रौ विशेषेण तस्मात्तान्नैव संस्पृशेत् । अर्थात् ऊट र गधा अधिक अस्पृश्य हुन्छन्, त्यसैले यिनीहरूको स्पर्श गर्नुहुँदैन । यति विचार गरेपछि बाहुनले ह्ष्टपुष्ट खाइलाग्दो त्यस बोकालाई पिठ्यूबाट फाले । अनि आफ्नो बाटो हिंडेर गए तथा तीन ठगहरू त्यस ठाउँमा भेला भएर आफ्नो योजनाअनुसार काम फत्ते भएको देखेर रमाउँदै बोकालाई काटी खाए । त्यसैले भनिएको छ–
बहुबुद्धिसमायुक्ता: सुविज्ञानाश्लोत्कटा: ।
शक्ता वञ्चयितुं धूत्र्ता ब्राह्मणं छगलादिव ।।
अर्थात् अनेकौं प्रकारको चातुर्यले युक्त, अनेकौं उपाय जान्ने तथा छल गर्नमा निपूण मान्छेले जोसुकैलाई पनि सजिलै ठग्न सक्दछ । जस्तै बोकालाई बोकी हिंड्ने बाहुनलाई धूर्तहरूले ठगेर बोका हात पार्न सफल भए ।
(उमाशङ्कर द्विवेदी~ प्रतीक दैनिक पत्रिकाबाट)
Sunena Kandangwa
Hahahahaha