बंगलादेशकी सनी लियोन
सारांश
- सनी लियोन बलिउडमा निकै चर्चित छिन् ।
- क्यानेडियन पूर्व पोर्न स्टार सनीले थुप्रै हिन्दी फिल्ममा अभिनय गरेकी छन् ।
- अभिनयभन्दा पनि उनको ग्ल्यामरस अन्दाजका कारण चर्चा हुने गर्दछ ।
सनी लियोन बलिउडमा निकै चर्चित छिन् । क्यानेडियन पूर्व पोर्न स्टार सनीले थुप्रै हिन्दी फिल्ममा अभिनय गरेकी छन् । अभिनयभन्दा पनि उनको ग्ल्यामरस अन्दाजका कारण चर्चा हुने गर्दछ । भारतीय अनलाइनले बंगलादेशकी सनी लियोन भन्दै एउटी बंगलादेशी मोडलको निकै प्रचार–प्रसार गरेका छन् । ती मोडल हुन्, नायला नइम ।
सनीझैँ बोल्ड र ग्ल्यामरस प्रस्तुतिका कारण २३ वर्षीया नायलालाई सनी लिओनसँग दाँजिएको हो । सन् १९९५ डिसेम्बर १४ मा बंगलादेशको बरिसलमा जन्मिएकी नायलाले र्याम्प मोडलिङबाट करिअर सुरु गरेकी हुन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । उनले बंगलादेशको मनोरञ्जन दुनियाँमा आफ्नो बेग्लै नाम स्थापित गरेकी छिन् ।
उनले थुप्रै प्रोडक्टको विज्ञापनमा मोडलिङ गरिसकेकी छिन् । नायला बिकनी लगाउन कत्ति पनि हिच्किचाउँदिनन् । उनले बिकनी पोजमा काम गरिसकेकी छिन् । अंगप्रदर्शनका मामलामा निकै उदार विचार राख्ने गरेकाले पनि उनलाई सनी लिओनसँग दाँजिएको हो । बिकनी पोजका कारण उनले निकै आलोचना र गाली पनि पाउने गरेकी छिन् ।
मोडलिङका साथै अभिनयमा समेत रुचि राख्ने उनले केही टिभी सो र फिल्ममा काम गरिसकेको मिडियाले उल्लेख गरेका छन् । उनले घाट बाबु निताइ चन्द्र नामक नाटकमा अभिनय गरिसकेकी छिन् । उनले रन आउट नामक एउटा फिल्ममा आइटम डान्स गरेकी थिइन् । ढाका डेन्टल कलेजबाट बिडिएस गरेकी नायलाले मारुफ ताका धोरेना नामक फिल्ममा पनि अभिनय गरिसकेकी छन् ।
प्रतिक्रिया