विक्रम पाण्डे एक नम्बरका ढटुवा भएको पुष्टी

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
४३ पटक हेरिएको
Shares
विक्रम पाण्डे एक नम्बरका ढटुवा भएको पुष्टी

सारांश

  • चितवन ।
  • पराजित मानसिकताबाट अत्तालिएका चितवन क्षेत्र नम्बर तीनका उम्मेदवार बिक्रम पाण्डेले सोही क्षेत्रका उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तपाइँ नढाँट्नुहोस्, ठेक्कापट्टा छाडेको दस वर्ष भयो भनेको २४ घण्टा नबित्तै पाण्डे स्वयं ढँटुवा भएको प्रमाणित भएको छ ।
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नढाट्न सिकाउने पाण्डेले आफूले ठेक्कापट्टा छाडेको स्मरण गराएका थिए ।

चितवन । पराजित मानसिकताबाट अत्तालिएका चितवन क्षेत्र नम्बर तीनका उम्मेदवार बिक्रम पाण्डेले सोही क्षेत्रका उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तपाइँ नढाँट्नुहोस्, ठेक्कापट्टा छाडेको दस वर्ष भयो भनेको २४ घण्टा नबित्तै पाण्डे स्वयं ढँटुवा भएको प्रमाणित भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नढाट्न सिकाउने पाण्डेले आफूले ठेक्कापट्टा छाडेको स्मरण गराएका थिए । तर चुनावी मैदानमा दुई दर्जन ठेकेदार शीर्षकको खबरमा बिक्रम पाण्डेको नाम सबैभन्दा अगाडि छ । निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले प्रतिनिधि सभा निर्वाचनमा ११ जना र प्रदेश सभा निर्वाचनमा १२ जना ठेकेदार चुनावी मैदानमा रहेको खुलासा गरिदिएका छन् । कालिका कन्स्ट्रक्सन्सका मालिक पाण्डे चुनावी मैदानमा उत्रिएको समाचारमा स्पष्टसँग उल्लेख छ ।

एक वर्षभित्र चितवन राष्ट्रिय निकुञ्जको बाटो पिच गर्छु भनेर ठेकेदार पाण्डेले अर्को झुट बोलेका छन् । विश्व सम्पदा सूचीमा रहेको निकुञ्जभित्र पिच गर्न पाइँदैन । राप्ती नदीमाथि बनाइएको पुल सञ्चालमा ल्याउन दुई वर्ष कुर्नु परेको विगत थाहा पाएका चितवनवासीले ठेकेदार पाण्डेको झुट तत्कालै पत्ता लगाइसकेका छन् । हार हुने निश्चित भएपछि छट्पटाएका ठेकेदार पाण्डेले पराजित मानसिकतामा जे पायो त्यही बर्बराउन थालेको तीन नम्बर क्षेत्रका मतदाताले प्रतिक्रिया दिएका छन् ।

नेपाली काँग्रेसको समर्थन लिएर लोकतान्त्रिक मोर्चाबाट क्षेत्र नम्बर तीनका लागि उम्मेदवारी दिएका पाण्डेले सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निर्वाचन लड्ने दुस्साहस गरेका छन् ।

नेपाली काँग्रेसको बलमा चुनाव जित्ने सपना देखेका पाण्डेलाई एकपछि अर्को झट्का सहनु परेपछि उनी चुनावमा पराजय हुने निश्चित भइसकेको भन्दै क्षेत्र नम्बर तीनका मतदाताले खासखुस गर्न सुरु गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?