प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १३, २०८०
|
|
४२ पटक हेरिएको
Shares
प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित

सारांश

  • प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित काठमाडौँ ।
  • ‘विनियोजन विधेयक, २०८०’ बहुमतले पारित भएको छ ।
  • प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको उक्त विधेयकलाई मत विभाजनमार्फत पारित गरिएको हो ।

प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित
काठमाडौँ । ‘विनियोजन विधेयक, २०८०’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको उक्त विधेयकलाई मत विभाजनमार्फत पारित गरिएको हो ।

विधेयकको पक्षमा एकसय ४७ र विपक्षमा एकसय आठ मत परेको थियो । सभामुख देवराज घिमिरेले सो संख्या प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले विनियोजन विधेयक पारित भएको घोषणा गरे ।

आजको बैठकमा दुई सय ५५ सांसदको उपस्थिति थियो । त्यसअघि सभामुख घिमिरेले मत विभाजनका लागि पाँच मिनेट जनाउ घण्टी बजाउन सचिवालयलाई निर्देशन दिई आवश्यक प्रक्रिया अगाडि बढाएका थिए ।

त्यसअघि अर्थमन्त्री डा महतले विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख घिमिरेले हुन्छ वा हुँदैन भनी ध्वनि मतका लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्तावको पक्षमा बहुमत रहेको भन्दै उनले विनियोजन विधेयक २०८० पारित भएको घोषणा गरेका थिए । त्यसपछि नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले मत विभाजनको माग गरेका थिए । मत विभाजनको माग भएपछि सभामुखले उक्त प्रक्रिया अगाडि बढाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललिता निवास प्रकरणमाःतत्कालीन मन्त्रिपरिषद्ले गरेका निर्णय झिकाउन सर्वोच्चको आदेश
यस्तो आउँदैछ रु ५ को नयाँ नोट ! (तस्बिरसहित)
यस्तो आउँदैछ रु ५ को नयाँ नोट ! (तस्बिरसहित)
सुदूरपश्चिममा ६० प्रतिशत जग्गामा रोपाइँ हुन बाँकी
सुदूरपश्चिममा ६० प्रतिशत जग्गामा रोपाइँ हुन बाँकी
वाम र कम्युनिष्ट भन्नेहरु कांग्रेसभन्दा फरक नभएको आरोप
वाम र कम्युनिष्ट भन्नेहरु कांग्रेसभन्दा फरक नभएको आरोप
Checkout the first pictures of ‘Sasural Simar Ka’ actress Jaswir Kaur’s newborn baby!
Checkout the first pictures of ‘Sasural Simar Ka’ actress Jaswir Kaur’s newborn baby!
सिके राउत र सरकारबीचको सम्झौतामा को को खनिए संसदमा ?
सिके राउत र सरकारबीचको सम्झौतामा को को खनिए संसदमा ?
आफ्ना नेतामाथि आक्रमण गरेको भन्दै अब चूप लागेर नबस्ने एमाले अध्यक्षको चेतावनी
आफ्ना नेतामाथि आक्रमण गरेको भन्दै अब चूप लागेर नबस्ने एमाले अध्यक्षको चेतावनी
बिहान सहमति, दिउँसो रडाको
बिहान सहमति, दिउँसो रडाको
सीमावर्ती क्षेत्रलाई सुरक्षित बनाउन थप चार वटा सशस्त्र प्रहरीको पोष्ट स्थापना
सीमावर्ती क्षेत्रलाई सुरक्षित बनाउन थप चार वटा सशस्त्र प्रहरीको पोष्ट स्थापना
राष्ट्रियसभा निर्वाचन आज, १८ नयाँ सदस्य चयनका लागि ६ दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा
राष्ट्रियसभा निर्वाचन आज, १८ नयाँ सदस्य चयनका लागि ६ दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा