विजयी रेशम चौधरीलाई विजयी प्रमाणपत्र हस्तान्तरण गर्न असहज

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०७४
|
|
१७ पटक हेरिएको
Shares
विजयी रेशम चौधरीलाई विजयी प्रमाणपत्र हस्तान्तरण गर्न असहज

सारांश

  • काठमाडौं,२७,मंशिर विजयी उमेदवार तर प्रहरीको फरार अभियुक्तको सुचिमा रहेका रेशम चौधरीलाई प्रमाणपत्र हस्तान्तरण गर्न असहज भएको छ ।
  • विजयी चौधरीलाई विजयी प्रमाणपत्र हस्तान्तरण गर्न सहज अवस्था नभएको निर्वाचन अधिकृत खिमानन्द भुसालले बताए ।
  • “विजयी भएको प्रमाणपत्र बुझ्न भनी उनकी श्रीमती र आफन्त बिहान कार्यालयमा आएका थिए” भुसालले भने “कानूनी व्यवस्थाबारे उनीहरुलाई जानकारी गराएर फर्काइदिएँ ।

काठमाडौं,२७,मंशिर
विजयी उमेदवार तर प्रहरीको फरार अभियुक्तको सुचिमा रहेका रेशम चौधरीलाई प्रमाणपत्र हस्तान्तरण गर्न असहज भएको छ । विजयी चौधरीलाई विजयी प्रमाणपत्र हस्तान्तरण गर्न सहज अवस्था नभएको निर्वाचन अधिकृत खिमानन्द भुसालले बताए ।

“विजयी भएको प्रमाणपत्र बुझ्न भनी उनकी श्रीमती र आफन्त बिहान कार्यालयमा आएका थिए” भुसालले भने “कानूनी व्यवस्थाबारे उनीहरुलाई जानकारी गराएर फर्काइदिएँ ।”

विजयी हुनेले आफैँ कार्यालयमा उपस्थित भएर विजयी भएको प्रमाणपत्र बुझ्नु पर्ने, उपस्थित हुन नसकेमा घर ठेगानामा प्रमाणपत्र पठाउनु पर्ने र प्रमाणपत्र पनि पठाउन नसक्ने अवस्था देखिएमा प्रमाणपत्र आयोगलाई हस्तान्तरण गरिने भुसालले बताए ।

प्रतिनिधिसभा सदस्यका लागि प्रदेश नं ७ मा ठूलो मतान्तरले विजयी हुने राजपा नेपालका चौधरी पहिलो भएका छन् । चौधरीले वारेस मार्फत मनोनयनपत्र दर्ता गराएका थिए ।

दुई वर्ष अघि भएको टीकापुर काण्डपछि प्रहरीको फरार सूचीमा रहेका चौधरी भारतमा बस्दै आएका छन् । हिंसात्मक टीकापुर घटनामा एक नाबालक र आठ प्रहरीको हत्या भएको थियो ।

चौधरीले सामाजिक सञ्जाल र भिडियो क्लिपको प्रयोग गरेर आफ्ना समर्थकलाई चुनावी प्रचारमा परिचालन गरेका थिए।

निर्वाचित चौधरीको प्रमाणपत्र तथा शपथ लिने विषयमा कानूनी व्यवस्था निर्वाचन आयोगको निर्णय बमोजिम हुने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले अभियुक्त चौधरीलाई भेटिएमा पक्राउ गरिने जानकारी दिए । “भेटिए भने कानून बमोजिम उनी पक्राउ हुन्छन् र अदालतमा पेश हुन्छन्”, घिमिरेले बताए ।
राजधानीबाट

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ram Thapa

    Good news

    Comment Author

    Sagar Thapa

    jel halnu parxa ysalae

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?