विदा स्विकृत नगरी क्यानडा हिडेका उपकुलपति कोइराला एयरपोर्टबाट फर्काइए

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०७५
|
|
५२ पटक हेरिएको
Shares
विदा स्विकृत नगरी क्यानडा हिडेका उपकुलपति कोइराला एयरपोर्टबाट फर्काइए

सारांश

  • काठमाडौं २४ असार ।
  • शनिबार क्यानडाका जानका लागि एयरपोर्ट पुगेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.
  • डा.

काठमाडौं २४ असार । शनिबार क्यानडाका जानका लागि एयरपोर्ट पुगेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइराला फर्काइएका छन् । विदा स्विकृत नगराई  हिडेका कोइरालालाई सरकारले विदेश जान रोक लगाउँदै एयरपोर्टबाट फर्काइएको हो ।

विश्वविद्यालयको काममा क्यानडा हिँडेका उपकुलपति कोइरालालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ नियन्त्रणमा लिएको थियो । उनको नेतृत्वमा सात सदस्यीय नेपाली टोली क्यानाडाको भ्यानकुभरमा आयोजना हुन लागेको विश्व संस्कृत सम्मेलनमा भाग लिन जान विमानस्थल पुगेका थिए। कोइराला मात्रै फकाईएका छन् अन्य सबै क्यानडा उडेका छन् ।

साँझ ८ बजेको उडानबाट क्यानडा जानका लागि विमानस्थलमा पुगेर सामान जँचाउँदै गर्दा उपकुलपति कोइरालालाई डिआइजी कमलबहादुर जिटीले नियन्त्रणमा लिएर सिधै बालुवाटार पुर्याएका थिए ।

‘म समान जाँचबुझ गराउँदै थिएँ। सादा पोसाकमा रहेका डिआइजी कमलबहादुर जिटीले तपार्इंलाई प्रधानमन्त्रीले भेट्न खोज्नुभएको छ भन्दै गाडीमा राखेर सीधै बालुवाटार पुर्याएका,’ उपकुलपति कोइरालाले सञ्चारकर्मीसँग भनेका छन् ।

उनका अनुसार प्रधानमन्त्री निवास बालुवाटारको निजी सचिवालयमा एक घन्टासम्म राखिएको थियो । आफूलाई विदेश जान रोक लगाइएकोमा उपकुलपति कोइरालाले आपत्ति जनाए।
शिक्षामन्त्रीका स्वकीय सचिव पूरण केसीका अनुसार उपकुलपति कोइरालाले बिदाको निवेदन शुक्रबारमात्र मन्त्रालयमा कर्मचारीको टेबुलमा छाडेर गएका थिए । उनको भ्रमण खर्च पनि पारित नभएकाले फिर्ता गरिएको बताएका छन्।

भ्रमण टोलीका अन्य ६ सदस्य नेपाल संस्कृत विश्वविद्यालयका अनुसन्धान केन्द्रका निर्देशक काशीनाथ न्यौपाने, सहप्राध्यापक नवराज कट्टेल, वाल्मीकि विद्यापीठका प्रमुख गणेश घिमिरे, सहप्रध्यापक लेखप्रसाद निरौला, उपप्रध्यापक प्रेमराज न्यौपाने र उपप्रध्यापक केशव कोइराला भने क्यानडा उडेका छन् ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Sanjaya Oli

    Good

    Comment Author

    Ramesh Wagle

    लुटमार देशमाे सम्पतिमा साथिहरुकाे

    Comment Author

    Bishnu Budhathoki

    यता अनसन शुरु उता बिदेशको यात्रा अस्पताल खोल्नु भएन भनेरै बिरोध गर्ने हरूले पनि राजनीतिक गरिरहेका छन्

    Comment Author

    Buddhipd Rai

    हुकूमी शासक श्री 3 महाराज….. ……..जंग बहादुर राणाहरुले आफ्नो निवास सिंहदरवारको आगनलाई नै इजलाश कायम गरी ठाडो आदेश र फैशला ठोक्थे/गर्दथे भने वर्तमान प्रधानमन्त्री केपि ओलीजीले पनि आफ्नो निवास बालुवाटारलाई हुकूमी शासनको इजलाश कायम गरी फैशल/आदेश ठोक्ने/जारी गर्ने गरी रहेको देखिदैछन् हँ !!!???कानूनको शासनकै लागि नेपाली जनताले गणतन्त्र नेपालको स्थापना गरेका हुन तर हुकूमी शासन भोग्नु परी रा छ किन हँ????????

    Comment Author

    Thapa Hom

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?