सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २८, २०७४
|
|
२० पटक हेरिएको
Shares
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको  प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !

सारांश

  • तीन दलका शीर्ष नेताहरुको बैठकमा नेपाली कांग्रेसले राखेको एउटा प्रस्तावालाई माओवादी केन्द्रले ठाडै अस्वीकार गरेको छ ।
  • संवैधानिक रुपमा रहेको समानूपातिक कोटा प्रणाली हटाएर अहिलेकै २४० निर्वाचन क्षेत्र राख्ने कांग्रेसको प्रस्ताव माओवादीले ठाडै अस्वीकार गरेको हो ।
  • मंगलबार बसेको माओवादी केन्द्रको बैठकले समानूपातिक प्रणाली हटाउने गरी आएको प्रस्तावले परिवर्तन संस्थागत गर्न नसक्ने र उत्पीडित समुदायको प्रतिनिधित्व नहुने भन्दै उक्त प्रस्तावलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

तीन दलका शीर्ष नेताहरुको बैठकमा नेपाली कांग्रेसले राखेको एउटा प्रस्तावालाई माओवादी केन्द्रले ठाडै अस्वीकार गरेको छ । संवैधानिक रुपमा रहेको समानूपातिक कोटा प्रणाली हटाएर अहिलेकै २४० निर्वाचन क्षेत्र राख्ने कांग्रेसको प्रस्ताव माओवादीले ठाडै अस्वीकार गरेको हो ।

मंगलबार बसेको माओवादी केन्द्रको बैठकले समानूपातिक प्रणाली हटाउने गरी आएको प्रस्तावले परिवर्तन संस्थागत गर्न नसक्ने र उत्पीडित समुदायको प्रतिनिधित्व नहुने भन्दै उक्त प्रस्तावलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

बालुवाटार बैठकमा कांग्रेस नेता विमलेन्द्र निधिले यो प्रस्ताव राखेका थियो । निधिले राखेको प्रस्तावलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसलाई ठाडै अस्वीकार गरेका थिए ।

निधिले यसरी १६५ बाट बढाएर २४० राखे क्षेत्र निर्धारण गर्दा दलहरुवीच विवाद पनि नआउने तथा समानुपातिक र समाबेशीको लफडा पनि नहुने भन्दै त्यस्तो प्रस्ताव अघि सारेका थिए ।

माओवादी बैठकमा यो परिवर्तन विरोधी खेल भएको भन्दै चर्को विरोध भएको बताइएको छ । बैठकमा सो प्रस्ताव प्रतिनिधिसभामा समानूपातिक हटाउने गम्भीर षडयन्त्र सुरु भएको भन्दै कांग्रेसको यो कदमप्रति सचेतता अप्नाउनुपर्ने विषयमा छलफल भएको बताइएको छ  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?