इन्टरको जितका नायक लुकाकुलाई दुर्व्यवहार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १७, २०७६
|
|
४७ पटक हेरिएको
Shares
इन्टरको जितका नायक लुकाकुलाई दुर्व्यवहार

सारांश

  • एजेन्सी ।
  • इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।
  • आइतबार राती भएको खेलमा इन्टरले काग्लियारीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले जित निकालेको छ । आइतबार राती भएको खेलमा इन्टरले काग्लियारीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

काग्लियारीको घरेलु मैदानमा खेलको २७ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा काग्लियारीका जोआ पेड्रोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ७२ औं मिनेटमा रोमेरो लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई २-१ को जित दिलाए ।

तर,इन्टरको जितमा नायक बनेका लुकाकुमाथि रंगभेदी दुर्व्यवहार भएको छ । पेनाल्टीमा निर्णायक गोल गरेपछि काग्लियारीका समर्थकले लुकाकुलाई बादरको संज्ञा दिदै जिस्काएका थिए ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले लुकाकुमाथि भएको दुर्व्यवहारको छानबिन गर्ने र दोषीलाई कडा कारबाही गर्ने जनाएको छ ।

यो जितसँगै इन्टरले २ खेलबाट ६ अंक जोडेको छ । शीर्ष स्थानको इन्टरको यो लगातार दोस्रो जित हो । काग्लियारीको यो लगातार दोस्रो हार हो । यस्तै सिरी ‘ए’ मै लाजियो र रोमाले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो
वाम तथा लोकतन्त्रिक गठबन्धनको घोषणापत्रमा कृषि क्षेत्र
वाम तथा लोकतन्त्रिक गठबन्धनको घोषणापत्रमा कृषि क्षेत्र
कस्ले ल्याउला प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्ताव ?
मंसिर २५ गते बुधबारको राशिफल यस्तो छ
मंसिर २५ गते बुधबारको राशिफल यस्तो छ
कांग्रेसका कारण ४० लाख युवा खाडीमा -योगेश भट्टराई
कांग्रेसका कारण ४० लाख युवा खाडीमा -योगेश भट्टराई
कांग्रेस संसदीय दलको बैठक स्थगित
कांग्रेस संसदीय दलको बैठक स्थगित
निषेधाज्ञामा समाचार संकलन गर्न पत्रकारलाई सूचना विभागको कार्ड अनिबार्य
निषेधाज्ञामा समाचार संकलन गर्न पत्रकारलाई सूचना विभागको कार्ड अनिबार्य
त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मत सकियो, सोमबारदेखि २१ घण्टा सञ्चालनमा
त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मत सकियो, सोमबारदेखि २१ घण्टा सञ्चालनमा
भरतपुर महानगरले चौध निर्माण व्यवसायीलाई कारबाहीको तयारी गर्दै
भरतपुर महानगरले चौध निर्माण व्यवसायीलाई कारबाहीको तयारी गर्दै
विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौं : यती एयरलाइन्स
विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौं : यती एयरलाइन्स