विदेशमा बस्ने नेपालीले भोट दिन पाउलान् !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
३१ पटक हेरिएको
Shares
विदेशमा बस्ने नेपालीले भोट दिन पाउलान् !

सारांश

  • काठमाडौँ, ९ चैत, — रोजगारको लागि देश छोडी विदेश बस्ने नेपालीलाई भोट राख्ने वातावरण गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
  • विदेशमा बस्ने नेपालीहरूका लागि पनि मतदानको अधिकार सुनिश्चित गर्न सर्वोच्चले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो ।
  • न्यायाधीशहरु सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विदेश बस्ने नेपालीलाई भोट राख्ने कानुनी वातावरण बनाउन आदेश गरेको हो ।

काठमाडौँ, ९ चैत, — रोजगारको लागि देश छोडी विदेश बस्ने नेपालीलाई भोट राख्ने वातावरण गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । विदेशमा बस्ने नेपालीहरूका लागि पनि मतदानको अधिकार सुनिश्चित गर्न सर्वोच्चले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो ।

न्यायाधीशहरु सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विदेश बस्ने नेपालीलाई भोट राख्ने कानुनी वातावरण बनाउन आदेश गरेको हो ।

सरकारले आदेश पालना गरी कानुन बनाएमा अबको ५ वर्षपछि हुने चुनावमा विदेश रहने नेपालीले पनि आफूले चाहेको उम्मेदवारलाई भोट दिन पाउनेछन् । कानुन बनेमा गैरआवासीय नेपालीले पनि भोट हाल्न पाउने व्यवस्था हुनेछ ।

सामाजिक न्यायका लागि कानुन तथा नीति नियम मञ्चले सर्वोच्चमा रिट निवेदन दर्ता गरेको थियो । देशबाहिर भएपनि मत दिन पाउने अधिकार सुनिश्चित हुनुपर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद्, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोगलगायतलाई विपक्षी बनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?