जीतपछि गगनले भने- ‘ओलीजी, अहंकारको भारीले तपाइँलाई थिच्ला’

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
जीतपछि गगनले भने- ‘ओलीजी, अहंकारको भारीले तपाइँलाई थिच्ला’

सारांश

  • काठमाडौं- नेपाली काँग्रेसका नेता गगन थापाले पछिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीले देखाएको अहंकारप्रति चिन्ता ब्यक्त गरेका छन्।
  • अोलीको अहंकारप्रति संयमित हुन उनले अाग्रह गरे।
  • ‘अहंकारको भारीले तपाइँलाई थिच्ला।

काठमाडौं- नेपाली काँग्रेसका नेता गगन थापाले पछिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीले देखाएको अहंकारप्रति चिन्ता ब्यक्त गरेका छन्। अोलीको अहंकारप्रति संयमित हुन उनले अाग्रह गरे। ‘अहंकारको भारीले तपाइँलाई थिच्ला। संयमित भएर जनताप्रति उदरदायी हुन आग्रह छ,’ उनले ओलीलाई भने।

निर्वाचनमा भएको बम विस्फोटका घटनालाई ओलीले असम्वेदनशील रुपमा टिप्पणी गरेको उनले बताए। काँग्रेस त्यस्तो हिंसाको विपक्षमा रहने थापाको भनाइ थियो। घाइतेहरुको अपमान गर्नेगरी ओलीले अभिब्यक्ति दिएकोमा उनले चिन्ता व्यक्त गरे।

उनले कांग्रेसले देशभरि अपेक्षित परिणाम नपाएको भन्दै आफ्ना कार्यकर्तालाई संयमित र धैर्य रहन आग्रह गरेका छन्। उनले निर्वाचनका बेला सुनियोजित प्रोपोगान्डा गर्नेहरुलाई स्वच्छ राजनीतिमा आउन आग्रह गरेका थिए।

भिडियो हेर्नुस्:

https://www.facebook.com/thapagk/videos/1646942252016347/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?