आफ्नै छोराले बाबुको हत्या

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
आफ्नै छोराले बाबुको हत्या

सारांश

  • काठमाडौं ।
  • सल्यानमा एकजनाले आफ्नै बुबाको हत्या गरेको पुष्टि भएको छ ।
  • सल्यान जिल्लाको त्रिवेणी २ कारागिठी ज्यामिरेका दुर्गाबहादुर रानाले आफ्नै बुबाको हत्या गरेका छन् ।

काठमाडौं । सल्यानमा एकजनाले आफ्नै बुबाको हत्या गरेको पुष्टि भएको छ । सल्यान जिल्लाको त्रिवेणी २ कारागिठी ज्यामिरेका दुर्गाबहादुर रानाले आफ्नै बुबाको हत्या गरेका छन् । आफ्नै घरमा मृत अवस्थामा फेला परेका कृष्णबहादुर आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए ।

सामान्य विवादमा आफ्नै बुबा ४० वर्षीय कृष्णबहादुर रानाको हत्या गरेको गत माघ २९ मा अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले तत्कालै घटनाको अनुसन्धान गर्दा बाबुछोराको झगडा भएको जानकारी पाएपछि दुर्गाबहादुरलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरेको थियो। हत्याको आरोपमा पक्राउ परेका दुर्गाबहादुर विरुद्ध ज्यान मार्ने मुद्दा दर्ता गरेर थप अनुसन्धान भैरहेको छ ।

बुबा कृष्णबहादुरले रक्सी सेवन गरी आमासंग झगडा गरेको र आफुले सम्झाउँदा उल्टै झगडा गरेपछि कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीलाई बयान दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?