विदेशीको हण्डी खाएर चुनावमा आउनेलाई जनताले परास्त गर्नेछन्–पूर्वमन्त्री बस्नेत (फोटो फिचर)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०७४
|
|
२८ पटक हेरिएको
Shares
विदेशीको हण्डी खाएर चुनावमा आउनेलाई जनताले परास्त गर्नेछन्–पूर्वमन्त्री बस्नेत (फोटो फिचर)

सारांश

  • भक्तपुर, १२ मंसिर  पूर्वउद्योग मन्त्री महेश बस्नेतले दीर्घकालिन रुपमा चौतर्फी विकासका लागि देशलाई युवा नेतृत्व आवश्यक भएको बताउनु भएको छ ।
  • आज मध्यपुरथिमिको लोकन्थलीमा घरदैलो पछि आयोजित सभामा बोल्दै उहाँले देश, राष्ट्रियताको रक्षा गर्ने, विदेशी सामु नझुक्ने र देशको चौतर्फी विकास गर्न जनताले युवा उम्मेदवारलाई रोज्नु पर्ने बताउनु भएको हो ।
  • भक्तपुर क्षेत्र नं.

भक्तपुर, १२ मंसिर  पूर्वउद्योग मन्त्री महेश बस्नेतले दीर्घकालिन रुपमा चौतर्फी विकासका लागि देशलाई युवा नेतृत्व आवश्यक भएको बताउनु भएको छ ।
आज मध्यपुरथिमिको लोकन्थलीमा घरदैलो पछि आयोजित सभामा बोल्दै उहाँले देश, राष्ट्रियताको रक्षा गर्ने, विदेशी सामु नझुक्ने र देशको चौतर्फी विकास गर्न जनताले युवा उम्मेदवारलाई रोज्नु पर्ने बताउनु भएको हो ।


भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधीसभा तर्फ एमालेका उम्मेदवार समेत रहनुभएका बस्नेतले भन्नुभयो–“देश संकटमा परेका बेला, भारतले नाकाबन्दी लगाएको बेलामा देशको पक्षमा नलाग्ने, भारतीइ सिमामा गएर भारतले नाकाबन्दी लगाएको छैन, भारत ठिक छ, नेपाल गलत छ भन्ने र सिके राउतसंग हात मिलाएर गोप्य राष्ट्रघाती कदम चाल्ने, विदेशी शक्तिको चलखेल र डिजाईनमा लागेर राष्ट्र र राष्ट्रियता माथि आँच आउने काम गर्नेलाई जनताले पराजित गरेर त्यसको जवाफ दिनेछन् भन्ने मलाई विश्वास छ ।”


उहाँले विदेशको हण्डी खाएर एनजिओ, आईएनजिओका मालिक भएर अपारदर्शी ढंगले धन आर्जन गर्ने व्यक्ति, देश संकटमा पर्दा देशका बिरोधी तत्वसंग हातेमालो गर्नेहरुसंग सचेत हुनुपर्छ भन्दै अपारदर्शी ढंगले विदेशीको ईशारामा चुनावमा आउनेलाई परास्त गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–“अहिलेको निर्वाचनमा पनि विदेशी चलखेलबाट केही व्यक्ति परिचालित भएका छन्, विदेशीको हण्डी खाएर चुनावी मैदानमा आएका छन् भन्ने सुनेका छौ, जनताले त्यसको जवाफ मंसिर २१ गते दिनेछन् भन्ने मलाई विश्वास छ ।”
उहाँले भक्तपुरका बासिन्दाले भक्तपुर बुझेको, भक्तपुरको माटोसंग भिजेको उम्मेदवारलाई मतदान गर्नेछन् भन्ने विश्वास लिएको बताउँदै वाम गठबन्धन देशको आवश्यकताले जन्माएको बताउनुभयो ।


बस्नेतले भन्नुभयो–“म भक्तपुरको बासिन्दा हुँ, भक्तपुरको माटोसंग भिजेको छु, आज मात्रै होईन जीवनभर भक्तपुरको सेवामा समर्पित हुनेछु, भक्तपुरको विकासमा मूल फुटाउने छु, जनताको सुखदुखमा हरपल साथ दिनेछु, जनताले खोजेको बेलामा, आवश्यक परेको बेलामा सजिलै भेट गर्नसक्छु, जनताले सहजै गुनासो राख्न सक्ने व्यक्ति म मात्रै भएकाले यो कुरालाई बुझेर पनि जनताले सूर्यमा मतदान गरेर मलाई विजयी बनाउनु हुनेछ भन्ने मेरो विश्वास छ ।”
कार्यक्रममा क्षेत्र नं. २ का (क) सूर्यविनायक प्रदेशका उम्मेदवार शशीजंग थापा र प्रदेश नं. (https://www.sliderrevolution.com/) (ख) मध्यपुरथिमिका उम्मेदवार राजेन्द्रमान श्रेष्ठले एमालेमा आएको जनलहरदेखि विपक्षीहरु आत्तिएको टिप्पणी गर्नुभयो ।


यसअघि मध्यपुरथिमिको लोकन्थली, कौशल्टार क्षेत्रमा घरदैलो गर्दै मत मागिएको थियो । विहान लोकन्थलीबाट भएको घरदैलोमा स्थानीयले दहीको सगुन खुवाएर सुरु भएको थियो । घरदैलोमा युवायुवतीदेखि, बृद्धबृद्धा समेत उत्साहित हुदै बस्नेतलाई स्वागत गर्न आएका थिए । उहाँलाई विजयीको आर्शिवाद दिदै शुभकामना व्यक्त गरेका थिए । धिमेबाजा, बासुरी बाजा सहित आएको घरदैलोले लोकन्थली, कौशल्टार, सागबारी लगायत विभिन्न ठाउँको परिक्रमा गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?