एउटै मञ्च बाट देउवा र दाहालले दिए एकअर्कालाई चुनौति !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
३३ पटक हेरिएको
Shares
एउटै मञ्च बाट देउवा र दाहालले दिए एकअर्कालाई चुनौति !

सारांश

  • काठमाडौं, १५ जेठ ।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको पक्षमा काम गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।
  • गणतन्त्र दिवसका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज काठमाडौंमा गरेको कार्यक्रममा सभापति देउवाले जनतालाई भ्रममा मात्र नपारी काम गरेर देखाउन सरकारलाई चुनौती दिएका हुन् ।

काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको पक्षमा काम गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

गणतन्त्र दिवसका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज काठमाडौंमा गरेको कार्यक्रममा सभापति देउवाले जनतालाई भ्रममा मात्र नपारी काम गरेर देखाउन सरकारलाई चुनौती दिएका हुन् ।

सभापति देउवाले आफैं सर्वेसर्वा हो भन्ने आचरणलाई त्यागी विकासको मूल धारमा उभिन सरकारलाई चेतावनी दिएका छन् ।

त्यस्तै कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति र लोकतन्त्रको विपक्षमा उभिने शाहस अब कसैको नभएको बताएका छन् । उनले सबै दललाई इमान्दारिताका साथ राष्ट्रिय लक्ष्यमा केन्द्रित हुन आह्वान समेत गरे ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Bijaya Subba

    लोकतन्त्र पक्षमा उभिन चाहिँ केगर्नु पर्दोरहेछ ज्यानमारालाइ उन्मुक्ति दिनुपर्छ त्यहि हो लोकतन्त्र कसैलाइ सिकाइ राख्नु अावश्यक देखिन्दैन पहिला अाफु सुदृढ हुनुहोस अनि लोकतन्त्रको व्याख्या गर्नुहोस

    Comment Author

    Dipendra Singh

    Congres jindabad

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?