विद्यासुन्दर जस्तो हावा गफ गर्ने मानिस होइन: प्रकाशशरण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०७४
|
|
१७ पटक हेरिएको
Shares
विद्यासुन्दर जस्तो हावा गफ गर्ने मानिस होइन: प्रकाशशरण

सारांश

  • काठमाडौं, ७ मंसिर।
  •  काठमाडौं–५ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार तथा केन्द्रीय सदस्य प्रकाशशरण महतले काठमाडौंका निर्वाचित मेयर विद्यासुन्दर शाक्यजस्तो हावा कुरा गर्ने मान्छे नभएको बताएका छन्।
  • रिपोर्टस क्लबको विशेष साक्षात्कार कार्यक्रममा उनले उडन्ते कुरा गर्ने मानिस भएको दावी गर्दै आफ्नो क्षेत्र विकासको योजनाहरु अघि सारे ।

काठमाडौं, ७ मंसिर। काठमाडौं–५ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार तथा केन्द्रीय सदस्य प्रकाशशरण महतले काठमाडौंका निर्वाचित मेयर विद्यासुन्दर शाक्यजस्तो हावा कुरा गर्ने मान्छे नभएको बताएका छन्।

रिपोर्टस क्लबको विशेष साक्षात्कार कार्यक्रममा उनले उडन्ते कुरा गर्ने मानिस भएको दावी गर्दै आफ्नो क्षेत्र विकासको योजनाहरु अघि सारे ।

‘उडन्ते कुरा नेपाली कांग्रेसले गर्दैन् । यसरी गर्छु भनेर सुनिश्चितता दिलाउँछु । झोरमा सुरुङ्मार्ग बनाउने प्रारम्भिक सर्वे हाम्रै पालामा भएको छ, २२ किलोमिटरको दुरी घटाउन चाहन्छौं’ उनले भने ।

त्यस्तै उक्त क्षेत्रमा रहेको शिवपुरी जलाधार क्षेत्रको विकास गर्ने र जिप राईड जाने व्यवस्थाभए हजारौं पर्यटकहरु आवतजावत हुने उनको विश्वास थियो।

‘यसो गर्न सकियो भने स्वदेशीतथाविदेशीपर्यटकहरु आउनुहुन्छ, पर्यटन व्यवसाय बढ्छ। शुल्कको उपयोग त्यहाँको विकासको लागिकामगर्न सकिन्छ । खोलाहरु नालामा रुपान्तरित भएको छ, त्यसलाई स्वच्छ वातावरण बनाउने कुरामा म प्रतिबद्ध छु,’ उनले भने, ‘त्यस्तै सुविधासम्पन्नपार्किग, सार्वजनिकशौचालय, प्रौढ आश्रम, सामुदायिकउपभोक्ता, ५ नम्बर क्षेत्रमा धेरै जागरुक महिलाहरु हुनुहुन्छ। उहाँहरुको लागि केहीगर्ने कार्यक्रमको लागिपुँजी जुटाउन म क्रियाशिल छु ।’

नेपालमै रोजगारीको व्यवस्थाभएलाखौं नेपाली युवाहरु स्वदेश फर्किने भन्दै रोजगारी दिनेगरि कार्यक्रमल्याउने आफ्नो अर्को योजना रहेको महतले सुनाए ।

उनले भने,‘विदेशीहरु यहाँआउन चाहन्छन् । तर यहाँ अराजकता छ, ठूलो–ठूलो कुरा हो, जग नै नहाली धुरी लगाईदिन्छु भनेर कम्युनिष्ट पार्टीका नेताहरुले कुरा गरेकोले लगानी भएको छैन ।’

महतले आफूले उक्त क्षेत्रमा धेरै लगानी ल्याउने समेत विश्वास दिलाए । ‘आईटी हब बनाउँछु,उद्योग, धार्मिकको विकास गर्छु, युवाहरु अत्यन्तै ट्यालेन्ट छन् । लगानी आएपछि उद्योग व्यवसाय बढ्छ, सरकारले कति रोजगारी देला त ?’ महतले थपे, ‘स्वरोजगारी बढेसँगै करको दायरा बढ्छ, मेरो योग्यता छ, क्षमता छ, म उर्जामन्त्रीहुँदाहोस् वा परराष्टमन्त्री, वा योजना आयोगमा रहँदा मैले देश र जनताको पक्षमाकाम गरेको छु मसँगअनुभव र क्षमता छ । म लगानी ल्याउन सक्छु ।’

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    आशिष श्रेष्ठ

    त जस्तो जस्ता को भाई होइन बिधा सुदर ।।।।

    Comment Author

    Komal Panta

    जस्ता- पाता थूक नलाई खाने… हुन महत.. अरु जानदेनन सोझा आदमी हुन यिनी…

    Comment Author

    Alicia Vinetic Depandu

    Ta chai kun chai gatilo hosh jasta pata chor

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?