क्‍वारेन्टाइन बनाइएको होटल भत्किँदा ७० जना थुनिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २५, २०७६
|
|
२९ पटक हेरिएको
Shares
क्‍वारेन्टाइन बनाइएको होटल भत्किँदा ७० जना थुनिए

सारांश

  • बेइजिङ, फागुन २५ ।
  • चीनको पूर्वी प्रान्त फुजिआनस्थित क्‍वारेन्टाइन बनाइएको होटल भत्किँदा ७० जति मानिस फसेका छन् ।
  • सरकारी अधिकारीहरुका अनुसार शनिबार साँझ छिन्जिआ होटल अचानक भत्किएको हो ।

बेइजिङ, फागुन २५ । चीनको पूर्वी प्रान्त फुजिआनस्थित क्‍वारेन्टाइन बनाइएको होटल भत्किँदा ७० जति मानिस फसेका छन् ।सरकारी अधिकारीहरुका अनुसार शनिबार साँझ छिन्जिआ होटल अचानक भत्किएको हो । स्थानीय समय अनुसार साढे ७ बजे यस्तो घटना भएको हो । जहाँ २३ जना मानिसको उद्धार भएको थियो ।

८० वटा कोठा भएको उक्त होटल हालै कोरोना भाइरसका संक्रमितहरुका लागि क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको थियो । पिपल्स डेलीका अनुसार उद्धार कार्य अहिले पनि जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?