काठमाडौँमा कोरोना संक्रमितको संख्या नाघ्यो १ हजार

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २४, २०७७
|
|
२२ पटक हेरिएको
Shares
काठमाडौँमा कोरोना संक्रमितको संख्या नाघ्यो १ हजार

सारांश

  • शुक्रबार एकै दिन काठमाण्डौ उपत्यकामा १ सय ६ जना संक्रमित थपिएका थिए ।
  • यो संख्या अहिलेसम्मकै धेरै हो ।
  • आज उपत्यकामा ६२ जना संक्रमित थपिए ।

शुक्रबार एकै दिन काठमाण्डौ उपत्यकामा १ सय ६ जना संक्रमित थपिएका थिए । यो संख्या अहिलेसम्मकै धेरै हो । आज उपत्यकामा ६२ जना संक्रमित थपिए । योसँगै अहिलेसम्म उपत्यकामा संक्रमितको संख्या १ हजार ४४ जना पुगेको छ । त्यसभध्ये काठमाडौंमा ८ सय २२, ललितपुरमा १३७ र भक्तपुरमा ८५ जना रहेका छन् । कूल संक्रमितमध्ये करिब ७ सय जनाको उपचार भइरहेको छ भने बाँकीको उपचार सफल भएको छ ।

संक्रमितमध्ये ६० प्रतिशतभन्दा धेरै काठमाण्डौ उपत्यकाबाहिरबाट आएका थिए । अधिकांश प्रदेश नम्बर दुईबाट र केही भारतबाट आएकासमेत संक्रमित भएका छन् । अझै डरलाग्दो पक्ष त के छ भने संक्रमितमध्ये २५ जनालाई मात्र अस्पतालको आइसोलेसनमा पठाइएको छ । बाँकीमध्ये कोही घरमै छन् भने कतिपय सम्पर्कबाहिर छन् । जसका कारण संक्रमण थप फैलिने त्रास बढेको छ । लकडाउन हटेयता लक्षणसहितको संक्रमितको संख्या पनि बढेको छ । साउन १ देखि १२ गतेसम्म उपत्यकामा दिनहुँ १६ जनाभन्दा कम संक्रमित थपिएका थिए । साउन १३ मा एकै दिन ६१ जनामा संक्रमण पुष्टि भएको थियो ।

दिनमा ५० जनाभन्दा बढी संक्रमित थपिन थालेपछि आइसोलेसनमा राख्ने शय्याको अभाव हुन थालेको हो । सरकारले काठमाडौंसहित ६ वटा जिल्लालाई जोखिमयुक्त जिल्लाको सूचिमा राखेको छ । उपत्यकाका तीन जिल्लाका करिब १ स ४० स्थानमा कोरोना संक्रमण पुष्टी भएको हो । काठमाण्डौका मुख्य व्यापारिक क्षेत्र न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्रलाई सिल गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्रलगायत व्यापारिक केन्द्र सिल गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमण देखिएका स्थान र बस्ती वरपर सिल गर्ने गरी तयारी भइरहेको हो ।

उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन । गत चैत ११ देखि देश पूरै लकडाउन गरी १२० दिनपछि खुलेसँगै सङ्क्रमण दैनिक रुपमा बढिरहेको छ । मानिसको भीडभाड र जमघट गरी बस्ने बानी पुरानै शैलीमा फर्किएको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले निकट खेलकुद महासंघका सचिव र केन्द्रीय सदस्य बलात्कार अभियोगमा पक्राउ
एमाले निकट खेलकुद महासंघका सचिव र केन्द्रीय सदस्य बलात्कार अभियोगमा पक्राउ
बच्चा जन्माउने योजना बनाउनुअघि ध्यान दिनुपर्ने कुराहरु
बच्चा जन्माउने योजना बनाउनुअघि ध्यान दिनुपर्ने कुराहरु
बैशाख २४ गते शुक्रवारको राशिफल यस्तो छ
बैशाख २४ गते शुक्रवारको राशिफल यस्तो छ
बञ्चरेडाँडामा ‘ल्याण्डफिल साइट’ बन्न शुरु
बञ्चरेडाँडामा ‘ल्याण्डफिल साइट’ बन्न शुरु
प्रधानमन्त्रीको दोस्रो डाइलासिस सकियो
प्रधानमन्त्रीको दोस्रो डाइलासिस सकियो
अधिवक्ता न्यौपानेद्धारा माधव नेपाल र बाबुरामविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दायर
अधिवक्ता न्यौपानेद्धारा माधव नेपाल र बाबुरामविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दायर
दमननाथ ढुंगाना विरुद्ध महेश बस्नेतको दोब्बर मतको अग्रता
दमननाथ ढुंगाना विरुद्ध महेश बस्नेतको दोब्बर मतको अग्रता
काँग्रेस जिते जनता मालिक हुनेछन् – सभापति देउवा
काँग्रेस जिते जनता मालिक हुनेछन् – सभापति देउवा
चलचित्र ‘झमक बहादुर’को रिमिक्स भर्सनमा आयो नयाँ गीत (भिडियो)
चलचित्र ‘झमक बहादुर’को रिमिक्स भर्सनमा आयो नयाँ गीत (भिडियो)
“नाइँ मलाई थाहा छैन”को अपार सफलतापछि सञ्जीव अब “अलि अलि गर्दै” (भिडियोसहित)
“नाइँ मलाई थाहा छैन”को अपार सफलतापछि सञ्जीव अब “अलि अलि गर्दै” (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?