चराको प्वाँख देखिएपछि कतार एयरवेजको जहाज ग्राउण्डेड

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १५, २०७६
|
|
२० पटक हेरिएको
Shares
चराको प्वाँख देखिएपछि कतार एयरवेजको जहाज ग्राउण्डेड

सारांश

  • कतारबाट काठमाडौं आएको कतार एयरको जहाजमा चराको प्वाँख देखिएपछि जहाज ग्राउण्डेड गरिएको छ ।
  • आइतबार बिहान ९ बजेतिर जहाज अवतरण भई पार्किङ लगेर राखिसकेपछि दायाँ तर्फको इन्जिनमा चराको प्वाँख देखिएको विमानस्थलका एक अधिकारीले जानकारी दिए ।
  • त्यसपछि पाइलटले यो जहाजलाई उडाउने जोखिम लिन मानेनन् ।

कतारबाट काठमाडौं आएको कतार एयरको जहाजमा चराको प्वाँख देखिएपछि जहाज ग्राउण्डेड गरिएको छ ।

आइतबार बिहान ९ बजेतिर जहाज अवतरण भई पार्किङ लगेर राखिसकेपछि दायाँ तर्फको इन्जिनमा चराको प्वाँख देखिएको विमानस्थलका एक अधिकारीले जानकारी दिए ।

त्यसपछि पाइलटले यो जहाजलाई उडाउने जोखिम लिन मानेनन् । त्यसपछि कतारबाटै इन्जिनियर मनाइएको छ । उनीहरु अपरान्ह तीन बजे काठमाडौं आइपुग्ने बताइएको छ । इन्जिनियरले जाँचबुझ गरिसकेपछि मात्र जहाज उडाउने योजना रहेको विमानस्थल स्रोतले बताएको छ ।

चरा नै ठोक्किएको पनि देखिदैन, तर दायाँ इन्जिनमा केही प्वाँख देखिएका छन्,’ स्रोतले भन्यो, त्यसकारण जहाज उडाउन सकिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?