#meToo यौन दुर्व्यवहारका आरोपी नाना पाटेकर सहित ४ को नार्को टेष्ट गर्न तनुश्रीको माग

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
#meToo यौन दुर्व्यवहारका आरोपी नाना पाटेकर सहित ४ को नार्को टेष्ट गर्न तनुश्रीको माग

सारांश

  • केही समयदेखि जारी #meToo क्याम्पियन बलिउडमा निकै चर्चामा छ ।
  • यो क्याम्पियनमा सार्वजनिक भएका विभिन्न नाममध्ये तनुश्री दत्ता र नाना पाटेकरको प्रसंग सबैभन्दा बढि चर्चामा छ ।
  • पछिल्लो केही दिनयता निकै चर्चामा रहँदै आएको तनुश्री र नानाको केसमा नयाँ मोड आएको छ ।

केही समयदेखि जारी #meToo क्याम्पियन बलिउडमा निकै चर्चामा छ । यो क्याम्पियनमा सार्वजनिक भएका विभिन्न नाममध्ये तनुश्री दत्ता र नाना पाटेकरको प्रसंग सबैभन्दा बढि चर्चामा छ । पछिल्लो केही दिनयता निकै चर्चामा रहँदै आएको तनुश्री र नानाको केसमा नयाँ मोड आएको छ । तनुश्रीका वकिलले यौन दुव्र्यवहारको आरोप लागेका नाना सहितका चार आरोपीलाई नार्को टेष्ट र ब्रेन म्यापिंगको माग गरेका छन् । यसका लागि उनले मुम्बईको ओशिवारा प्रहरी स्टेशनमा आवेदन समेत दिइसकेका छन् । वकिलले नाना सहित सामी सिद्दिकी, गणेश आचार्य र राकेश सारंगको नार्को टेष्ट गरेका सत्यता बाहिर निस्कने दावी गरेका हुन् ।

नाना भन्छन् काम गर्दिन
यौन दुर्व्यवहारको आरोप लागे पछि नाना पाटेकरले हाउसफुल ४ बाट आफुलाई अलग गराएका छन् । जबसम्म आफु माथि लागेको आरोप झुटो सावित हुँदैन, त्यतिबेलासम्म फिल्ममा काम नगर्ने नानाले उद्घोष नै गरेका छन् । आफु माथि लागेको आरोपका कारण अरुलाई दुख नहोस भनेर हाउसफुल ४ मा काम नगर्ने घोषणा गरेको नानाकोे भनाई छ । नानालाई यौन दुर्व्यवहारको आरोप लागेसँगै हाउसफुल ४ को छायांकन रद्द गर्नु पर्ने माग अक्षयकुमारले गरेका थिए ।

निर्देशक साजिद खानले पनि छोडे
नानाले भन्दा अगाडि नै निर्देशक साजिद खानले पनि सलोनी चोपडाले लगाएको यौन दुर्व्यवहारका कारण आफै फिल्मबाट अगल हुने घोषणा ट्वीटरबाट गरेका थिए । रितेश देशमुखले पनि अक्षयकुमारलाई साथ दिदै दुर्व्यवहारका आरोपीसँग काम गर्न नसक्ने भन्दै इन्कार गरेका थिए ।

तनुश्रीले गरिन एफआइर
यौन दुर्व्यवहारको आरोपमा तनुश्रीे नाना विरुद्ध ओशिवारा थानामा एफआइआर दर्ता गरिसकेकी छिन् । तनुश्रीले नाना बाहेक कोरियोग्राफर गणेश आचार्य, निर्माता सामी सिद्दीकी, निर्देशक राकेश सारंग र महाराष्ट नव निर्माण सेनाका केही कार्यकर्ता विरुद्ध एफआइआर दर्ता गराएकी हुन् । मुम्बई प्रहरीले आरोप लागेका सबैलाई सूचना पठाएर बयानका लागि बोलाउने भएको छ । करिब १० वर्ष पहिला हर्न ओके प्लिजको सेटमा एउटा गीतको छायांकनमा आफु माथि दुर्व्यवहार भएको आरोप तनुश्रीले लगाएकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज बुधवार यस्तो छ विदेशी मुद्राको विनिमयदर
आज बुधवार यस्तो छ विदेशी मुद्राको विनिमयदर
धेरै आशा गरेको युवा नेताको निधनले स्तब्ध छु : बाबुराम भट्टराई
हल बन्याे प्रदिपमय, रामकहानी गाेपि कृष्णमा नदेखाइनुकाे कारण यस्ताे छ !(भिडियाेसहित)
हल बन्याे प्रदिपमय, रामकहानी गाेपि कृष्णमा नदेखाइनुकाे कारण यस्ताे छ !(भिडियाेसहित)
ऐतिहासिक अर्गली दरबार अझै व्यक्तिका नाममा
ऐतिहासिक अर्गली दरबार अझै व्यक्तिका नाममा
जीप र पिकअप भ्यान ठोक्किदा ३ को मृत्यु
गरिमा धान लगाएका किसानले क्षतिपूर्तिका लागि मुद्दा लड्नुपर्ने
गरिमा धान लगाएका किसानले क्षतिपूर्तिका लागि मुद्दा लड्नुपर्ने
‘न्यायो झोला उपहार कार्यक्रम’
युद्धको अप्ठ्यारा दिनमा राजनीतिक र फौजी जटिलता आएमा रोल्पा जान्थें : प्रचण्ड
युद्धको अप्ठ्यारा दिनमा राजनीतिक र फौजी जटिलता आएमा रोल्पा जान्थें : प्रचण्ड
दुर्गा तिवारीको हत्यारालाई नेपाल ल्याइयो, मनोज पुन अझैं फरार
दुर्गा तिवारीको हत्यारालाई नेपाल ल्याइयो, मनोज पुन अझैं फरार
नेपाल चिकित्सक संघको अन्तिम मतपरीणाम सार्वजनिक, नवनिर्वा्चित पदाधिकारीलाई सम्मान
नेपाल चिकित्सक संघको अन्तिम मतपरीणाम सार्वजनिक, नवनिर्वा्चित पदाधिकारीलाई सम्मान

तपाईंले छुटाउनुभयो कि?