मुख्यमन्त्रीहरूबाट शुभकामना सन्देश

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
३९ पटक हेरिएको
Shares
मुख्यमन्त्रीहरूबाट शुभकामना सन्देश

सारांश

  • पोखरा, १५ जेठ ।
  • गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित र संस्थागत हुन आवश्यक रहेको बताउनुभएको छ ।
  • गणतन्त्र दिवस २०७६ को अवसरमा उहाँहरूले आज दिनुभएको शुभकामना सन्देशमा सबैलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभयो ।

पोखरा, १५ जेठ । गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित र संस्थागत हुन आवश्यक रहेको बताउनुभएको छ ।गणतन्त्र दिवस २०७६ को अवसरमा उहाँहरूले आज दिनुभएको शुभकामना सन्देशमा सबैलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभयो ।उहाँहरूले गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतः नागरिकमा स्थापित गरेको भन्दै गणतन्त्र शासन पद्धति मात्र नभएर नागरिक सम्प्रभुतामा आधारित जीवन पद्धति भएको र यसले हाम्रो समाज, राष्ट्रको भाग्य र भविष्य नागरिकमा निहित छ भन्ने मान्यतालाई स्थापित गरेको बताउनुभयो ।

मुख्यमन्त्रीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई सफल बनाउनुपर्ने बताउनुभयो । उहाँहरूले गणतन्त्र प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उक्त आन्दोलनमा योगदान पु¥याउनुहुने सम्पूर्ण योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्नुभयो ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानको मर्म र भावनाअनुरुप सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई प्रगाढ र सार्थक बनाउँदै सङ्घीय व्यवस्थालाई थप संस्थागत र सुदृढ पार्न राजनीतिक दल, नागरिक समाज सङ्गठित भएर सकारात्मक सोचका साथ अगाडि बढ्न आजको दिनबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश नं ५ प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले ऐतिहासिक संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र घोषणा गरी विना कुनै रक्तपात २३५ वर्ष लामो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आजको दिन नेपालको इतिहासमा विशेष महत्वको रहेको उल्लेख गर्नुभयो ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजको दिनको अवसरमा राष्ट्रिय एकताको सुदृढीकरण, जनताको सार्वभौमिकताको रक्षा, समानुपातिक र समावेशी विकाससहित समाजवादी राज्य व्यवस्था निर्माणको दिशामा अघि बढ्न सबैलाई प्रेरणा पैदा गरोस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी बन्दैछ नेपालमै पानीजहाज, २ महिनापछि सञ्चालनमा आउने
यसरी बन्दैछ नेपालमै पानीजहाज, २ महिनापछि सञ्चालनमा आउने
दलित पार्टीको राष्ट्रिय भेला असोजमा
दलित पार्टीको राष्ट्रिय भेला असोजमा
इक्वेडर भूकम्प: सोह्र जनाको मृत्यु, चार सय घाइते
इक्वेडर भूकम्प: सोह्र जनाको मृत्यु, चार सय घाइते
निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुन जरुरी : अर्थमन्त्री महत
निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुन जरुरी : अर्थमन्त्री महत
ठूला दलको सिण्डिकेट तोड्नुपर्छः राजेन्द्र लिङ्देन
असन्तुष्टि थाँती राखौँ, चुनावमा एकढिक्का हौँ : नेता सिंह
असन्तुष्टि थाँती राखौँ, चुनावमा एकढिक्का हौँ : नेता सिंह
क्युवामा दुई दिन शोक मनाइने, मृत्यु हुनेको संख्या १०७
क्युवामा दुई दिन शोक मनाइने, मृत्यु हुनेको संख्या १०७
१८ मन्त्रालय प्रचण्डकै हातमा, पाँच नयाँ अनुहार
१८ मन्त्रालय प्रचण्डकै हातमा, पाँच नयाँ अनुहार
राष्ट्रपति मङ्गलबार जेनेभा प्रस्थान गर्ने
राष्ट्रपति मङ्गलबार जेनेभा प्रस्थान गर्ने
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)