विप्लव समूहप्रति सरकार झन् आक्रामक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १४, २०७६
|
|
२२ पटक हेरिएको
Shares
विप्लव समूहप्रति सरकार झन् आक्रामक

सारांश

  • काठमाडौं।
  • फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि पछिल्लो समय सरकार विप्लव समूहप्रति केही नरम भएको थियो।
  • तर आइतबार राजधानीमा शृखंलावद्ध बम विस्फोट गराएपछि सरकार विप्लव समूहप्रति कडा रुपमा प्रस्तुत भएको छ।

काठमाडौं। फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि पछिल्लो समय सरकार विप्लव समूहप्रति केही नरम भएको थियो। तर आइतबार राजधानीमा शृखंलावद्ध बम विस्फोट गराएपछि सरकार विप्लव समूहप्रति कडा रुपमा प्रस्तुत भएको छ।विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि शीर्ष नेतामध्येका एक हेमन्त प्रकाश ओली पक्राउ परेपछि उत्साहित बनेको सरकार गत आइतबार राजधानी श्रंखलाबद्ध बम आक्रमण भएपछि भने आक्रोशित बनेको छ। आइतबार राजधानीको घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटमा परी विप्लव समूहका चार जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए।

सोमबारको बन्दलाई सफल बनाउन भन्दै विप्लव समूहले मुलुका विभिन्न स्थानमा बम विस्फोट गराएर जनजीवन त्रसित बनाएपछि सरकार विप्लव समूहसँग झनै आक्रामक देखिएको हो।
नेपाल बन्दका क्रममा भएका घटनाको सदनलाई जानकारी गराउने क्रममा गृहमन्त्री थापाले आइतबार भएको बम विस्फोटमा परी मृत्यु हुने नागरिक नभएको कडा टिप्पणी गरे। गृहमन्त्री थापाले नागरिकमा डर त्रास र भय फैलाउने उद्देश्यले गराएको विस्फोटमा निधन हुने नागरिक हुन नसक्ने बताएका हुन्।सोमबार नै प्रधानमन्त्री केपी ओली राष्ट्रिय मानवअधिकार आयोगको एक कार्यक्रममा विप्लव समूहलाई आतंककारीको संज्ञा दिए। उनले भने, ‘म त्यही आतंककारी समूहलाई सोधिरहेको छु, तिमीहरुको माग के हो ?’

जनताले सरकार बनाउने लोकतान्त्रिक व्यवस्था रहेको भन्दै उनले चुनावमा आउन चुनौती दिए । प्रधानमन्त्री ओलीले भने, ‘चुनावमा आउनु हुन्न किनभने उहाँहरुको जित्ने सम्भावना छैन । चुनावमा नजित्ने भएपछि भाग नलिने । अनि कहिँ सिलिण्डर पड्काएर, कहिँ बम हानेर निर्दोष जनता मार्ने, आतंकित बनाउने।’प्रधानमन्त्री र गृहमन्त्रीका अभिव्यक्तिले सरकार विप्लव समूहप्रति आक्रमक देखिएको छ। यद्यपी बाहिर आक्रामक देखिएको सरकार भित्र भित्रै भने विप्लव समूहसँग वार्ताको पहल गरिरहेको छ। गृहमन्त्री थापाले सोमबार सदनमा विप्लव समूहसँग वार्ताको पहल भइरहेको जनाएका हुन्। उनले वार्ता र संवादमार्फत विप्लव समूहलाई मुलधारमा ल्याउने जनाएका हुन्। सरकारले उक्त समूहलाई दवाबमा पारेर वार्तामा ल्याउने कोशिश गरिरहेको छ।

आइतबार राजधानीमा शृंखलाबद्ध बम विस्फोटका घटना भएपछि प्रहरीले समेत नयाँ रणनीतिसहित संकास्पद स्थानलाई उच्च निगरानीमा राखिएको जनाएको छ। यसैगरी राजधानी भित्रने नाकामा समेत प्रहरीले चेकजाँचलाई कडा बनाएको बताएको छ भने नाकाहरुमा तालिम प्राप्त कुकुरसमेत राखेको छ।काठमाडौंमा आइतबार भएको शृंखलावद्ध बम विस्फोटमा मारिने चार जनामध्ये तीन जना विप्लव समूहका सैन्य कमाण्डर भएको खुलेको छ। सोमबार विप्लवले विज्ञप्तिमार्फत बम बिस्फोटमा मारिएकामध्ये तीन जना आफ्ना सैन्य कमाण्डर भएको उल्लेख गरेका छन्।विस्फोटमा महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको मृत्यु भएको नेकपा महासचिव विप्लवद्धारा जारी विज्ञप्तिमा भनिएको छ। उता नेकपा अध्यक्ष प्रचण्डले भने विप्लव समूह अब वार्तामा आउनुको विकल्प नभएको बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?