लण्डनमा ब्रेक्जिट विरोधीद्वारा भव्य प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
४७ पटक हेरिएको
Shares
लण्डनमा ब्रेक्जिट विरोधीद्वारा भव्य प्रदर्शन

सारांश

  • क्जिटबारे अन्यौल कायम रहेका समय संयुक्त अधिराज्य (बेलायत) मा यूरोपियन यूनियनबाट बेलायत बाहिरिनु हुन्न भन्ने समूहद्वारा ब्रेक्जिट बिषयमा अर्को जनमत सङ्ग्रहको माग गर्दै भव्य प्रदर्शन गरेका छन् ।
  • इयूबाट बेलायतको बहिर्गमन हुनुहुन्न भन्ने पक्षका ठूलो समूहमा राजधानी पुगेका समर्थक लण्डनको हाइड पार्कमा जम्मा भै मध्य लण्डन हुँदै शहरका विभिन्न स्थानमा पुगेका थिए ।
  • उनीहरूले ब्रेक्जिटको बिषयले राजनीतिक अन्यौलता हुँदा यसको प्रभाव सम्पूर्ण क्षेत्रमा देखिन थालेको दावीसहित सहभागीहरूले यस बिषयमा पुनः जनमतसङ्ग्रहको माग गरेका छन् ।

क्जिटबारे अन्यौल कायम रहेका समय संयुक्त अधिराज्य (बेलायत) मा यूरोपियन यूनियनबाट बेलायत बाहिरिनु हुन्न भन्ने समूहद्वारा ब्रेक्जिट बिषयमा अर्को जनमत सङ्ग्रहको माग गर्दै भव्य प्रदर्शन गरेका छन् ।

इयूबाट बेलायतको बहिर्गमन हुनुहुन्न भन्ने पक्षका ठूलो समूहमा राजधानी पुगेका समर्थक लण्डनको हाइड पार्कमा जम्मा भै मध्य लण्डन हुँदै शहरका विभिन्न स्थानमा पुगेका थिए ।

उनीहरूले ब्रेक्जिटको बिषयले राजनीतिक अन्यौलता हुँदा यसको प्रभाव सम्पूर्ण क्षेत्रमा देखिन थालेको दावीसहित सहभागीहरूले यस बिषयमा पुनः जनमतसङ्ग्रहको माग गरेका छन् ।

प्रदर्शनपछि बेलायती संसदको बाहिरी क्षेत्रमा जम्मा हुने जनमासलाई स्कटल्याण्डका प्रथम मन्त्री निकोला स्टर्जियन, लण्डनका नगर प्रमुख सादिक खान र प्रतिपक्षी लेबर पार्टीका उपनेता टम वाटसनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ब्रेक्जिटको विपक्षमा भएको बृहद् जनप्रदर्शनको पूर्वसन्ध्यामा पछिल्लो राजनीतिक अन्यौलबारे बोल्दै खानले भन्नुभयो, ब्रेक्जिट पूर्ण तथा अत्यन्त भद्रगोलको अवस्थामा पुगेको छ । त्यसैले आफूहरूले यसबारे नयाँ निर्णय लिन जनदवाव सिर्जना गर्ने बताउनुभयो ।

प्राप्त जानकारी अनुसार बेलायतको राजधानी लण्डनमा केही दशक यताकै ठूलो भनिएको प्रदर्शन बेलायतलाई इयूबाट छुट्याउने बिषयमा पुनः विचारका लागि जनतामा जान दवाव दिन आयोजना गरिउको खानले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेती जलविद्युत् आयोजना अन्तिम चरणमा
सेती जलविद्युत् आयोजना अन्तिम चरणमा
माओवादी हेडक्वार्टरको आदेश वेवास्ता गर्दै एनएमए निर्वाचनमा लोकेन्द्र विष्टको ठाडो हस्तक्षेप
माओवादी हेडक्वार्टरको आदेश वेवास्ता गर्दै एनएमए निर्वाचनमा लोकेन्द्र विष्टको ठाडो हस्तक्षेप
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु
दशैँ नजिकिएसँगै सीमापारिका बजारमा नेपाली ग्राहककाे भिड !
दशैँ नजिकिएसँगै सीमापारिका बजारमा नेपाली ग्राहककाे भिड !
घाँस काट्दा भीरबाट लडेर महिलाको मृत्यु
रेणुलाई जित्न अपुग मत देलान् ?   भरतपुर–१९ का जनताले ??
रेणुलाई जित्न अपुग मत देलान् ? भरतपुर–१९ का जनताले ??
दुई दिनभित्र एकताको प्रस्ताव तयार हुने : प्रचण्ड
दुई दिनभित्र एकताको प्रस्ताव तयार हुने : प्रचण्ड
फुसको छाना हटाउँदै शिवराज नगरपालिका
फुसको छाना हटाउँदै शिवराज नगरपालिका
मधेस केन्द्रित दलका सांसदद्वारा बैठक बहिष्कार
‘म मर्न गइरहेको छु, कृपया म कुनै केटीको लागि मरेको भनेर नसोच्नु’ ! (सुसाइड नाेट)
‘म मर्न गइरहेको छु, कृपया म कुनै केटीको लागि मरेको भनेर नसोच्नु’ ! (सुसाइड नाेट)