राष्ट्रपति भण्डारी बुधबार दाङ जाँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
३४ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारी बुधबार दाङ जाँदै

सारांश

  • काठमाडौं ।
  • राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुधबार दाङ जाने भएकी छिन् ।
  • नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुधबार दाङ जाने भएकी छिन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन् ।

नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बुधबार राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । रु २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनीले विसं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो ।

नेपाल संस्कार विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट सो भवन निर्माण गरिएको कुलसचिव अधिकारीले बताए । तीन तले सो भवनमा एक सय आठ कोठा रहेका छन् । उक्त भवनलाई लुम्बिनी प्रदेशको कोरोना विशेष अस्पताल सञ्चालन गरी कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिएको हो ।

महामारीको प्रभाव कम भएपछि भवनलाई पूर्णरुपमा शिक्षणमा उपयोग गरिएको छ । राष्ट्रपतिबाट भवन उद्घाटन गराउँदा संस्कृत विश्वविद्यालयप्रति राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ । त्यस्तै संस्कृत वाङ्मयका गतिविधिलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा जानकारी गराउने प्रयास गरिरहेको कुलसचिव अधिकारीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईईका विद्यार्थीका लागि टेलिकमको ‘स्टुडेन्ट अफर प्याक’
एसईईका विद्यार्थीका लागि टेलिकमको ‘स्टुडेन्ट अफर प्याक’
बोक्सीको आरोपमा कुटपिट
बोक्सीको आरोपमा कुटपिट
जनचिकित्सालयलाई स्वास्थ्य सम्बन्धि ३ लाख रुपियाँ बराबरको उपकरण हस्तान्तरण !
जनचिकित्सालयलाई स्वास्थ्य सम्बन्धि ३ लाख रुपियाँ बराबरको उपकरण हस्तान्तरण !
विहारमा नितिश नेतृत्वको गठबन्धनलाई अग्रता
विहारमा नितिश नेतृत्वको गठबन्धनलाई अग्रता
पूर्व युवराज पारसको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज
पूर्व युवराज पारसको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज
यातायात क्षेत्रमा हडताल गर्नेको विवरण संकलन हुँदै !
यातायात क्षेत्रमा हडताल गर्नेको विवरण संकलन हुँदै !
पाँचथरमा कांग्रेसका आङ्देम्बे र एमालेका नेम्बाङबीच मुख्य प्रतिस्पर्धा
पाँचथरमा कांग्रेसका आङ्देम्बे र एमालेका नेम्बाङबीच मुख्य प्रतिस्पर्धा
यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर
यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर
प्रचण्डको जितसँगै राष्ट्रिय राजनीतिबाट हलो हरायो : अबको संसदमा ६ दल मात्र
प्रचण्डको जितसँगै राष्ट्रिय राजनीतिबाट हलो हरायो : अबको संसदमा ६ दल मात्र
राहुल गान्धी सेयरबाट कमाउँछन् मासिक १४ लाख भन्दा बढी
राहुल गान्धी सेयरबाट कमाउँछन् मासिक १४ लाख भन्दा बढी

तपाईंले छुटाउनुभयो कि?