विभाजन रोक्न प्रचण्डले ओलीसँग निर्णायक वार्ता गर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १८, २०७७
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १८ कात्तिक ।
  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्ने भएका छन् ।
  • दुई नेताबीच टेलिफोन कुराकानी भई निर्णायक वार्ता गर्ने सहमति भएको हो ।

काठमाडौं, १८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्ने भएका छन् । दुई नेताबीच टेलिफोन कुराकानी भई निर्णायक वार्ता गर्ने सहमति भएको हो ।

प्रचण्ड निकट स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलका अनुसार दुवै नेताले सहमति निकाल्न महत्वपूर्ण छलफल गर्ने सहमति गरेका छन् । यसका लागि दुवैबीच टेलिफोन वार्ता भएको हो ।

वरिष्ठ नेता माधवकुमार नेपालले प्रचण्डलाई भेटी ओलीसँग एकपटक वार्ता गर्न आग्रह गरेका थिए । पार्टीलाई कुनै हालतमा विभाजनबाट जोगाउन नेपाल सक्रिय भएसँगै वार्ताको वातावरण निर्माण भएको हो । प्रचण्डले पनि पार्टी विभाजन हुन नदिन अन्तिम समयसम्म पहल गर्ने निकटस्थसँगको छलफलमा भनेका छन् ।

नेकपाभित्रको दोस्रो पुस्ताका नेताहरु पार्टी एकता बचाउन सार्वजनिक रुपमा अपिल गर्दै सक्रिय भएका छन् । सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेललगायतले पार्टी बचाउन अपिल गरिसेका छन् । प्रचण्ड र माधव नेपालनिकट दोस्रो पुस्ताका नेताहरु पनि पार्टी विभाजन रोक्न सक्रिय भएका छन् ।

यसअघि ओलीले प्रचण्डसँगको भेटमा अलग भएर जाने प्रस्ताव गरेको विषय बाहिर आएको थियो । यसलाई प्रचण्डले निकटस्थलाई डाकेर ब्रिफिङ गरेका थिए ।
अहिले नेकपाभित्र सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा ओली अल्पमतमा छन् । तर, संसदीय दलमा ओलीको बहुमत दाबी रहँदै आएको छ ।

(https://rentalsfloridakeys.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाेत्तरीमा क्रसर उद्योग  सञ्चालनमा रोक
महाेत्तरीमा क्रसर उद्योग सञ्चालनमा रोक
छायाङ्कनमा ‘ह्यासट्याग माया’
छायाङ्कनमा ‘ह्यासट्याग माया’
गरिबका लागि बनाइएका घर प्रयोगविहीन
गरिबका लागि बनाइएका घर प्रयोगविहीन
हङकङ ट्रेल रनिङ अवार्ड २०१७-०१८ को नोमिनेशनमा मिरा राई र गोर्खा ट्रेलब्लेजर
हङकङ ट्रेल रनिङ अवार्ड २०१७-०१८ को नोमिनेशनमा मिरा राई र गोर्खा ट्रेलब्लेजर
नेपालगन्ज, बाँके, रुकुम, दाङ, बर्दिया, नवलपरासी , अछाम र ताप्लेजुङको ताजा मत पारीणाम
नेपालगन्ज, बाँके, रुकुम, दाङ, बर्दिया, नवलपरासी , अछाम र ताप्लेजुङको ताजा मत पारीणाम
एमसीसी परियोजना कार्यान्वयन हुँदै गएकोमा अमेरिकी सहायक विदेशमन्त्री लु खुसी
एमसीसी परियोजना कार्यान्वयन हुँदै गएकोमा अमेरिकी सहायक विदेशमन्त्री लु खुसी
भूकम्पपीडितले आगामी साउनसम्म आफ्नो घर बनाइसक्नुपर्ने
भूकम्पपीडितले आगामी साउनसम्म आफ्नो घर बनाइसक्नुपर्ने
हेलिकप्टर कम्पनीका कारण लुक्लामा अलपत्र परेका १५ जना भारतियहरुले स्वराजलाई गुहारेपछि…
हेलिकप्टर कम्पनीका कारण लुक्लामा अलपत्र परेका १५ जना भारतियहरुले स्वराजलाई गुहारेपछि…
तरकारीको मूल्य छोइनसक्नु
तरकारीको मूल्य छोइनसक्नु
कोरियाली युद्ध समाप्तिको ६५ मारिएका सैनिकको अवशेष अमेरिकालाई फिर्ता
कोरियाली युद्ध समाप्तिको ६५ मारिएका सैनिकको अवशेष अमेरिकालाई फिर्ता

तपाईंले छुटाउनुभयो कि?