एमसीसी परियोजना कार्यान्वयन हुँदै गएकोमा अमेरिकी सहायक विदेशमन्त्री लु खुसी

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०८०
|
|
१७ पटक हेरिएको
Shares
एमसीसी परियोजना कार्यान्वयन हुँदै गएकोमा अमेरिकी सहायक विदेशमन्त्री लु खुसी

सारांश

  • काठमाडौं।
  • नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को परियोजना सम्झौता नेपालमा कार्यान्वयन हुँदै गइरहेको भन्दै सम्झौताका लागि धन्यवाद व्यक्त गरेका छन् ।

काठमाडौं।। नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को परियोजना सम्झौता नेपालमा कार्यान्वयन हुँदै गइरहेको भन्दै सम्झौताका लागि धन्यवाद व्यक्त गरेका छन् ।

नेपाल भ्रमणका लागि शुक्रबार बिहान काठमाडौं आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालका शीर्ष नेतासँग भेटघाट गर्दै एमसीसी परियोजना कार्यान्वयन हुँदै गइरहेको प्रति खुसी व्यक्त गरेका छन् ।

दक्षिण र मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री लुले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदलगायतकासँग शिष्टाचार भेटघाट गर्दैै एमसीसी सम्झौताबारे चर्चा गरेका हुन् ।

च्यासल, ललितपुरस्थित एमाले केन्द्रीय कार्यालयमा लुले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे । शुक्रबार भएको सो भेटघाटमा सहभागी एमाले विदेश विभाग प्रमुखसमेत रहेका राजन भट्टराईले अमेरिकी सहायक विदेशमन्त्री लु र पार्टी अध्यक्ष ओलीबीच शिष्टाचार भेटघाट भएको बताए । भेटमा लुले एमसीसी परियोजना कार्यान्वयन भईरहेकोमा खुसी व्यक्त गर्दै धन्यवाद व्यक्त गरेको भट्टराईले बताए ।

सो भेटघाटमा एमाले अध्यक्ष ओलीका साथै उपमहासचिव विष्णु रिमाल, विदेश विभागका प्रमुख भट्टराई र सचिव अन्जान शाक्य पनि सहभागी थिए । ओलीसँगको भेटघाटमा अमेरिकी राजदूत डीन आर थम्पसनसमेतको सहभागिता थियो ।

एकदिने नेपाल भ्रमणका लागि आएका लुले कांग्रेस सभापति देउवासँग समेत छुट्टै भेटघाट गरेका छन् । लुसँगको भेटपछि सभापति देउवाको सचिवालयले देउवा र लु बीच नेपाल–अमेरिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको जनाएको छ ।

‘नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो । शान्ति, लोकतन्त्रको प्रवद्र्धन अमेरिकी सरकार र मन्त्री लुको अटल सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभएको छ,’ देउवाको सचिवालयले जनाएको छ ।

लुले परराष्ट्रमन्त्री साउदसँग पनि शिष्टाचार भेट गरेका छन् । लु र साउदबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटघाट भएको हो । भेटमा लुले नेपाल अमेरिका सम्बन्ध र एमसीसीलगायत अमेरकी परियोजनाको कार्यान्वयनबारे चासो राखेको मन्त्री साउदको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकियो
भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकियो
३३० तहको मतपरिणाम घोषणाः चार तह आउन बाँकी
३३० तहको मतपरिणाम घोषणाः चार तह आउन बाँकी
सफल निर्माता सन्तोष सेनकाे ‘मेरी मामु’ प्याकअप !
सफल निर्माता सन्तोष सेनकाे ‘मेरी मामु’ प्याकअप !
रेशमको शपथ : ओलीको बाध्यता ! प्रचण्ड कनेक्सन
रेशमको शपथ : ओलीको बाध्यता ! प्रचण्ड कनेक्सन
बैंक लुटपाट प्रकरण:एटिएमको सिसिटिभी अनुगमन प्रभावकारी बनाउन सुझाव -रमेश लम्साल
बैंक लुटपाट प्रकरण:एटिएमको सिसिटिभी अनुगमन प्रभावकारी बनाउन सुझाव -रमेश लम्साल
झलनाथका नजरमा ११ नेता, देउवालाई बुझ्नै गाह्रो, प्रचण्ड राष्ट्रियतामा कमजोर
झलनाथका नजरमा ११ नेता, देउवालाई बुझ्नै गाह्रो, प्रचण्ड राष्ट्रियतामा कमजोर
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
रामपुर खानेपानी आयोजनाबाट दुई हजार ७०० घरधुरी लाभान्वित
रामपुर खानेपानी आयोजनाबाट दुई हजार ७०० घरधुरी लाभान्वित
दुई दिने भारत बन्द आह्वान, बैकिङ युनियनको पनि ऐक्यबद्धता
दुई दिने भारत बन्द आह्वान, बैकिङ युनियनको पनि ऐक्यबद्धता
तल्लो अरुण जलविद्युत् आयोजना बनाउने भारतको प्रस्ताव
तल्लो अरुण जलविद्युत् आयोजना बनाउने भारतको प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?