हेलिकप्टर कम्पनीका कारण लुक्लामा अलपत्र परेका १५ जना भारतियहरुले स्वराजलाई गुहारेपछि…

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १३, २०७५
|
१
|
५८ पटक हेरिएको
Shares
हेलिकप्टर कम्पनीका कारण लुक्लामा अलपत्र परेका १५ जना भारतियहरुले स्वराजलाई गुहारेपछि…

सारांश

  • काठमाडौं, १३ जेठ ।
  • वसन्त ऋतृको मौका पारेर सगरमाथा बेस क्याम्प घुम्न आएका केहि भारतियहरु खराब मौसमका कारण लुक्लामा अलपत्र परेका छन् ।
  • लगातार २ दिनसम्म खराब मौसमका कारण काठमाडौं आउन नपाएपछि भारतीय डाक्टर अमित ठाढानीले भारतिय विदेश मन्त्री सुष्मा स्वराजलाई गुहारेका थिए ।

काठमाडौं, १३ जेठ । वसन्त ऋतृको मौका पारेर सगरमाथा बेस क्याम्प घुम्न आएका केहि भारतियहरु खराब मौसमका कारण लुक्लामा अलपत्र परेका छन् ।

लगातार २ दिनसम्म खराब मौसमका कारण काठमाडौं आउन नपाएपछि भारतीय डाक्टर अमित ठाढानीले भारतिय विदेश मन्त्री सुष्मा स्वराजलाई गुहारेका थिए ।

ट्वीटरमा स्वराजलाई गुहार्दै डाक्टर ठाडानी आक्रामक हुँदै भनेका छन्, ‘हामी २ दिन देखि लुक्लामा अलपत्र छौं, हेलिकप्टर कम्पनीले प्रति व्यक्ति ६ सय डलर तिरेमात्र लैजाने भनेका छन् ।’ काठमाडौंबाट लुक्ला आउँदा २ सय डलर मात्र तिरेको पनि उनले बताएका छन् ।

उनको ट्वीटमा जवाफ दिंदै अर्का भारतिय नागरिक भन्छन् , ‘ खराब मौसमका कारण करिब १५ जना भारतियहरुले पहिलै बुक गरेको हेलिकप्टरले फ्लाइट रद्द गरेको कारण अलपत्र छन् । अहिले हेलिकप्टर संचालकहरु अस्वभाविक रकम मागिराखेको कारण उनिहरुलाई सहयोगको आवश्यकता छ ।’

स्वराजले पनि तत्कालै नेपाल स्थीत भारतिय दुतावासका राजदुत मन्जीव सिंह पुरीलाई सो ट्वीट फरवार्ड गर्दै यस विषयलाई हेर्नको लागि आग्रह गरेकि छिन् ।

सगरमाथा घुम्न जानेहरुको लागि लुक्ला मुख्य प्रवेशद्वार हो । वसन्त ऋतृमा यस क्षेत्रमा घुम्न आउनेहरुको बाक्लो उपस्थीती हुने गरेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ambar Magar

    No.xxxxx

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवालाई हटाउन पौडेल पक्षको भेला प्रकाशमानको घरमा
देउवालाई हटाउन पौडेल पक्षको भेला प्रकाशमानको घरमा
वन मन्त्रालयमा विकृति मौलाउँदो, स्वार्थसमूह हाबी हुँदा वनसुधार अवरुद्ध
वन मन्त्रालयमा विकृति मौलाउँदो, स्वार्थसमूह हाबी हुँदा वनसुधार अवरुद्ध
बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार
बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार
जयनगर–जनकपुर–कुर्था रेल्वेको उद्घाटन गराइए मुलुकका लागि दुर्भाग्य: विमलेन्द्र निधि
जयनगर–जनकपुर–कुर्था रेल्वेको उद्घाटन गराइए मुलुकका लागि दुर्भाग्य: विमलेन्द्र निधि
देउवा र पौडेल विवाद उत्कर्षमा पुग्दा केन्द्रिय समिति बैठक नै प्रभावित
देउवा र पौडेल विवाद उत्कर्षमा पुग्दा केन्द्रिय समिति बैठक नै प्रभावित
पक्राउ परे कृष्णबहादुर महरा
पक्राउ परे कृष्णबहादुर महरा
लागुऔषध : ‘बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन’
लागुऔषध : ‘बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन’
नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक
नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक
यसरी मिल्यो एमाले र माओवादी केन्द्रबीच ४३ सिटको भागवण्डा, १३ सिट अरुलाई बाँकी (सूचीसहित)
यसरी मिल्यो एमाले र माओवादी केन्द्रबीच ४३ सिटको भागवण्डा, १३ सिट अरुलाई बाँकी (सूचीसहित)
सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त