फानीको हानीः ओडिशाको पुरीमा एकको मृत्यु, आन्ध्रप्रदेशमा २० घर ढले
सारांश
- बंगालको खाडीमा बनेको चक्रवाती आँधी फानी ओडिशाको पुरी तटसँग ठोक्किइसकेको छ ।
- पुरीमा हावाको गती १७५ किलोमिटर प्रतिघण्टा बताइएको छ ।
- विशेष राहत आयुक्त विश्नुपद सेठीले यसको जानकारी दिएका हुन् ।
बंगालको खाडीमा बनेको चक्रवाती आँधी फानी ओडिशाको पुरी तटसँग ठोक्किइसकेको छ । पुरीमा हावाको गती १७५ किलोमिटर प्रतिघण्टा बताइएको छ ।
विशेष राहत आयुक्त विश्नुपद सेठीले यसको जानकारी दिएका हुन् । लगभग १० लाखलाई यी तटीय इलाकाबाट निकालिएको बताइएको छ ।
भारतीय मिडिया आजतकका अनुसार पुरीमा रुख ढल्दा एकको मृत्यु भएको छ ।
यस्तै, आन्ध्रप्रदेशको श्रीकाकुलम जिल्लामा २० घर ढलेको खबर छ । श्रीकाकुलममा २० घर ढलेका छन् भने कतिमा केही आंशिक रुपमा क्षती भएका छन् । यद्यपी, कोही पनि घाइते भएको जानकारी छैन ।
मुख्यमन्त्री पटनायकले मानिसहरुलाई घरभित्रै बस्न अपिल गरेका छन् ।
बंगालका सबै सरकारी स्कूलले आजदेखि गर्मी बिदाको घोषणा गरेको छ । फानीलाई ध्यानमा राखेर गर्मीको छुट्टी दिइएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया