विमानस्थलबाट रुँदै आर्यघाट पुगेका निशानका बुवा प्लास्टिकको पोकोमा छोराको शव देख्दा भक्कानिए
सारांश
- काठमाडौ, २४ साउन ।
- आइतवार साँझ अपहरण गरी हत्या गरिएका काठमाडौं काँडाघारीका ११ वर्षीय निशान खड्काको दाहसंस्कार गरिएको छ ।
- रोजगारीका लागि मलेसियामा रहेका बुवा गणेश आएपछि बिहीवार निशानको दाहसंस्कार गरिएको हो ।
काठमाडौ, २४ साउन । आइतवार साँझ अपहरण गरी हत्या गरिएका काठमाडौं काँडाघारीका ११ वर्षीय निशान खड्काको दाहसंस्कार गरिएको छ । रोजगारीका लागि मलेसियामा रहेका बुवा गणेश आएपछि बिहीवार निशानको दाहसंस्कार गरिएको हो । निशानलाई हजुरबुवा दुर्गाबहादुर खड्काले दागबत्ती दिए । दुई छोरी र एक छोरालाई पत्नी चमेलीको साथ छोडेर मलेसिया गएका गोपाल दिउँको साढे एक बजेको फ्लाइटबाट काठमाडौं उत्रिएका हुन् ।
उनी विमानस्थलबाट सिधै पशुपति आर्यघाट पुगेका थिए । पोस्टमार्टम गरेर प्लास्टिकमा बेरेर ल्याएका छोराको शव देखेपछि बाबु गणेश भक्कानिएका थिए । आर्यघाटमा भक्कानीइरहेकी पत्नीलाई देखेपछि गोपालको आँशु रोकिएनन् । चमेली पतिलाई देखेपछि थप भावविह्वल बनेकी थिइन् भने परिवारका सदस्यहरु, शुभचिन्तक र अन्तिम संस्कारमा सहभागी र अन्य सर्वसाधारण आँशु पुछिरहेका थिए ।
आइतवार साँझ अपहरणमा परेका निशानको सोही राति हत्या भएको थियो । प्रहरीले सोमवार मात्रै भक्तपुरको सानोठिमीस्थित एक निर्माणाधीन घरको जगमा गाडिएको अवस्थामा निशानको शव फेला पारेको थियो । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि बिहीवार निशानको शव आफन्तले बुझेका थिए । पोस्टमार्टममा अपहरणकारीले निशानको मुखमा रुमाल र कपडा कोचेर हत्या गरेको देखिएको छ । खड्काकाे घाँटीभित्र एक मिटर लामो रुमाल घुसाएर निर्ममतापूर्वक निशानको हत्या गरेको भेटिएको पोस्टमार्टममा संलग्न त्रिवि शिक्षण अस्पतालका चिकित्सकले जनाएका छन् ।
अपहरणमा संलग्न गोपाल र अजय तामाङलाई सोमबार प्रहरीले भक्तपुरमा ‘इन्काउन्टर’ गरेको थियो।
Ganesh Kumar Limbu Phurumbo
अत्यन्तै दु:खद ।
Kamala Bhushal
Bichara teo pida.
Sonam Khadge
Very sorry for the news.
Krishna Kc
Rip
Krishna Khadka
Rip
Roshan Ghimire
Very bad