विमानस्थल पुग्ने एक किलोमिटर सडक मर्मत नहुँदा हिलोले यात्रुलाई सास्ती
सारांश
- काठमाडौं, १९ असार ।
- वर्षाको समयमा राजविराज विमानस्थल पुग्ने १ किलोमिटर सडक मर्मत नहुँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ ।
- असार १० गतेदेखि नियमित सञ्चालनमा आएको राजविराज विमानस्थलले हप्ताको ५ दिन उडानबाट सेवा दिँदै आएको छ ।
काठमाडौं, १९ असार । वर्षाको समयमा राजविराज विमानस्थल पुग्ने १ किलोमिटर सडक मर्मत नहुँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ । असार १० गतेदेखि नियमित सञ्चालनमा आएको राजविराज विमानस्थलले हप्ताको ५ दिन उडानबाट सेवा दिँदै आएको छ ।
हाल विमानस्थलबाट दैनिक ४०÷५० जनासम्म यात्रुले उडान–अवतरण गरिरहेका छन् । अपेक्षाभन्दा बढी यात्रु पाएपछि विमान कम्पनी उत्साहित छ भने उदयपुर, सप्तरी, सिरहाका यात्रुहरु पनि खुशी छन्, तर विमानस्थल पुग्ने १ किलोमिटर सडक मर्मत नहुँदा र वर्षाको समयमा हिलो र चिप्लोको कारण साइकल र मोटरसाइकल चिप्लिएर दुर्घटना हुने गरेको छ ।
उदयपुरबाट काठमाडौं प्लेन चढ्न हिँडेका दुर्गा श्रेष्ठका अनुसार बाटोको हिलोले काठमाडौँ जान हिडेको तर मोटरसाइकल चिप्लिएर हिलोमा लड्दा आफूले लगाएको लुगा हिलाम्य भएको दुःखेसो पोखे । उनले भने, “यत्रो खर्च गरेर बनाएको एयरपोर्टमा यत्ति १ किलोमिटर सडक मर्मत नगर्नुले आफूलाई जस्तै अरु यात्रुहरुलाई समेत दुःख झेल्नुपरेको उनले बताए ।
यता नागरिक उड्डयन कार्यालयका प्रमुख ज्योतिप्रकाश साहले भने सप्तरीको अमरावती निर्माण सेवाले पाएको सो बाटोको ठेक्का सम्झौता हुन नसक्दा निर्माण कार्यमा ढिलाइ भएको बताए ।
प्रतिक्रिया