ठूलो परिमाणको भन्सार छलेको समान बरामद
सारांश
- मोरङ ।
- सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्गत मोरङ प्रहरीले आइतबार र सोमबार १८ लाख बढीको भन्सार छलेको सामन बरामद गरेको छ ।
- इलाका प्ररही रंगेलीबाट खटिएको प्रहरीको टोलीले आइतबार विहान ८ बजेतिर सुनबर्षी नगरपालिका-२ स्थित अमरदह-पथरी सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा मे १ त ४३०५ नम्बरको पिकअपबाट अन्दाजी १७ लाख बढीको रेडिमेट कपडा बरामद गरेको छ ।
मोरङ । सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्गत मोरङ प्रहरीले आइतबार र सोमबार १८ लाख बढीको भन्सार छलेको सामन बरामद गरेको छ ।
इलाका प्ररही रंगेलीबाट खटिएको प्रहरीको टोलीले आइतबार विहान ८ बजेतिर सुनबर्षी नगरपालिका-२ स्थित अमरदह-पथरी सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा मे १ त ४३०५ नम्बरको पिकअपबाट अन्दाजी १७ लाख बढीको रेडिमेट कपडा बरामद गरेको छ ।
भारतबाट भन्सार छलेको बस्नेत सप्लायर्स विराटनगरको नाममा नक्कली बिल बनाई लैजादै गरेको उक्त कपडाहरुमा विभिन्न ब्राण्डका थानका कपडा, सर्टिङ सुर्टिङका कपडा र थानका कपडा रहेका छन् । बरामद कपडा आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा पठाएको छ भने कपडा सहित उक्त करोबारमा संलग्न २ जना मानिसहरुलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भइरेहको छ ।
यता इलाका प्रहरी कार्यालय रानीले सोमबार १ लाख १८ हजार ५ सय ९० मुल्य बराबरको सामान बरामद गरी भन्सार बुझाएको छ ।
उक्त कार्यालयबाट खटिएको गस्ती टोलीले साँझ ५ बजेतिर गस्ती गर्दै जाने क्रममा उक्त सामन बरामद गरेको हो । बरामद सामानहरुमा लताकपडा तथा खाध्यन्को सामान रहेका छन् । बरामद सामान आजै विराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।
प्रतिक्रिया