हुकिङ गरी बिजुली चोर्ने २८ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
हुकिङ गरी बिजुली चोर्ने २८ जना पक्राउ

सारांश

  • महोत्तरी ।
  •   हुकिङ गरेर बिजुली चोरेर बाल्दै राज्यलाई ठग्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने बिजुली हुकिङ गरेर चोर्नेलाई पक्राउ गरेको छ ।

महोत्तरी ।  हुकिङ गरेर बिजुली चोरेर बाल्दै राज्यलाई ठग्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने बिजुली हुकिङ गरेर चोर्नेलाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीका विभिन्न स्थानबाट गर्ने २८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका महोत्तरीका अनुसार नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाको आग्रहमा पक्राउ गरिएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रहरी टोलीले सदरमुकाम जलेश्वरसहित विभिन्न ठाउँमा हुकिङ गरी बिजुली बालिरहेका उनीहरुलाई फत्रेको हो । बिजुली चोरेर उपयोग गरिरहेको भेटिएपछि उनीहरूलाई पक्राउ गरी ल्याइएको हो ।

पक्राऊ परेका व्यक्तिले प्राधिकरणमा नियम अनुसारको जरिवाना बुझाएपछि उनीहरुलाई छाडिने बताइएको छ । प्राधिकरणले बिजुली चोर्नेका लागि विशेष अभियान चलाइरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?