प्रधानमन्त्री ओलीको अस्पताल बसाई लम्बिने
सारांश
- काठमाडौं, २९ फागुन ।
- दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएर अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुन अझै केही दिन समय लाग्ने भएको छ ।
- अस्पताल स्रोतकाअनुसार प्रधानमन्त्री ओलीलाई अहिले ज्वरो देखिएको छ ।
काठमाडौं, २९ फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएर अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुन अझै केही दिन समय लाग्ने भएको छ । अस्पताल स्रोतकाअनुसार प्रधानमन्त्री ओलीलाई अहिले ज्वरो देखिएको छ । हुन त उनको ज्वरो सामान्य रहेको छ ।अहिले प्रधानमन्त्री ओलीको रगत र पिसाबको परीक्षण गरिएको छ । त्यसको रिपोर्ट आउन अझै समय लाग्ने भएको हो । प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी समिक्षा संग्रौला भने हिजौ डिस्चार्ज भएकी छिन् । प्रधानमन्त्री ओली पनि हिजै डिस्चार्ज हुने तयारी थियो । तर, ज्वरो देखिएपछि अब आईतबारपछिमात्रै डिस्चार्ज हुनसक्ने बुझिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया