विवाह गरेको एक वर्षमा आमा बन्दै प्रियंका कार्की

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २२, २०७७
|
|
२३ पटक हेरिएको
Shares
विवाह गरेको एक वर्षमा आमा बन्दै प्रियंका कार्की

सारांश

  • नेपाली चलचित्र क्षेत्रकी नायिका प्रियंका कार्की आमा बन्ने भएकी छिन् ।
  • शुक्रबार प्रियंका आफैले सामाजिक सञ्जाल फेसबुकमा बढ्दै गएको पेटसहितको तस्वीर सार्वजनिक गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् ।
  • एक वर्ष अघि नायक आयुष्मान देशराजसँग विवाह बन्धनमा बाधिएकी प्रियंका पहिलो पटक आमा बन्ने भएकी छिन् ।

नेपाली चलचित्र क्षेत्रकी नायिका प्रियंका कार्की आमा बन्ने भएकी छिन् । शुक्रबार प्रियंका आफैले सामाजिक सञ्जाल फेसबुकमा बढ्दै गएको पेटसहितको तस्वीर सार्वजनिक गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् ।

एक वर्ष अघि नायक आयुष्मान देशराजसँग विवाह बन्धनमा बाधिएकी प्रियंका पहिलो पटक आमा बन्ने भएकी छिन् । उनले बेबी बम्पसहितको तस्वीरको साथमा क्याप्शनमा लेखेकी छिन्, ‘हो, हामी गर्भवती छौ, तपाई सोध्न छाड्नुस् ।’

लामो समयसम्म पे्रेम सम्बन्धमा रहेका कलाकारहरु प्रियंका र आयुष्मान देशराजले एक वर्ष अगाडी विवाह गरेका थिए । विवाह लगत्तै देशमा लकडाउन भएकोले हनिमुन मनाउन नपाएका यो जोडीले विवाहको पहिलो वर्षगाँठ माल्दिभ्समा मनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?