चितवन–२ बाट रविलाई जिताउने सभापति धर्मेन्द्रद्वारा पार्टी त्याग गरेको घोषणा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १८, २०७९
|
|
२७ पटक हेरिएको
Shares
चितवन–२ बाट रविलाई जिताउने सभापति धर्मेन्द्रद्वारा पार्टी त्याग गरेको घोषणा

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) चितवन जिल्लाका सभापति धर्मेन्द्र सापकोटाले पार्टी छोडेको घोषणा गरेका छन् ।
  • गत निर्वाचनमा चितवन २ बाट रवि लामिछानेलाई जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सापकोटाले उनै लामिछानेको कार्यशैलीप्रति असन्तुष्ट हुँदै पार्टी त्यागेका हुन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) चितवन जिल्लाका सभापति धर्मेन्द्र सापकोटाले पार्टी छोडेको घोषणा गरेका छन् ।

गत निर्वाचनमा चितवन २ बाट रवि लामिछानेलाई जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सापकोटाले उनै लामिछानेको कार्यशैलीप्रति असन्तुष्ट हुँदै पार्टी त्यागेका हुन् ।

उनले लामिछानेप्रति संकेत गर्दै पार्टीभित्र केही व्यक्तिले आफ्नो मनोमानी गरेको आरोप लगाएका छन् । उनले अब स्वतन्त्र रहने जानकारी दिएका छन् । सापकोटाले नेतृत्वले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको आरोप लगाएका छन् ।

उनले आमजनताको अभिमतलाई वास्ता नगरेर पार्टी चलाउन खोजिएकाले आफूले राजीनामा दिएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?