कोरियामा भन्दा बङ्गुरपालनमै बढी आम्दानी

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ५, २०७६
|
|
२८ पटक हेरिएको
Shares
कोरियामा भन्दा बङ्गुरपालनमै बढी आम्दानी

सारांश

  • मिहिनेत गर्ने बानीको विकास गरी स्वदेशमा नै पसिना बगाउन तयार हुँदा विदेशी भूमिमा टेक्न रहर गर्नु पर्दैन ।
  • स्वदेशमै पसिना बगाउने तयार भएका नेपाली युवाहरु स्वदेशमा नै कोरियाको तुलनामा बढी आम्दानी गर्न सकिन्छ भन्ने नमूना हो ।
  • पाल्पाको माथागढी गाउँपालिका–४, झडेवाकी यमकला काम्मुको बङ्गुरपालन व्यवसायमा एकपटक पुग्नैपर्ने बङ्गुर फार्म हो ।

मिहिनेत गर्ने बानीको विकास गरी स्वदेशमा नै पसिना बगाउन तयार हुँदा विदेशी भूमिमा टेक्न रहर गर्नु पर्दैन । स्वदेशमै पसिना बगाउने तयार भएका नेपाली युवाहरु स्वदेशमा नै कोरियाको तुलनामा बढी आम्दानी गर्न सकिन्छ भन्ने नमूना हो ।

पाल्पाको माथागढी गाउँपालिका–४, झडेवाकी यमकला काम्मुको बङ्गुरपालन व्यवसायमा एकपटक पुग्नैपर्ने बङ्गुर फार्म हो । काम्मुले बङ्गुरको पाठापाठीको कारोवारबाट दुई वर्षमा रु २४ लाख १५ हजार आम्दानी गर्न सफल हुनुभयो । वैदेशिक रोजगारबाट फर्केका तथा स्वदेशमा बेरोजगार युवा भन्नेहरु एकपटक काम्मु बङ्गुर फार्म पुगी व्यवसायप्रति लाग्न आकर्षित गर्छ । बङ्गुरबाट कोरियामा भन्दा बढी आम्दानी हुन्छभन्दा अनौठो लाग्ला तर अनौठो मान्नु पदैन । दुई वर्षको अवधिमा ४८३ वटा बङ्गुरका पाठापाठी बेच्नुभयो । बङ्गुरका पाठापाठीलाई रु पाँच हजारमा सहज रुपमा कारोवार हुन्छ ।

पाल्पामा ५० प्रतिशतभन्दा बढी मगर समुदायको बस्ती छ । मगर बस्तीमा प्रायः बङ्गुरका पाठापाठी निकासी हुन्छ । अहिले बाहुन–क्षेत्रीका युवाहरु पनि बङ्गुरपालनमा व्यवसायमा आकर्षित छन् । बङ्गुरलाई हुर्काउन सहज हुने र बढी उत्पादन दिने भएपछि बङ्गुरपालनमा पाल्पामा आकर्षण बढ्दो छ । बङ्गरका पाठापाठी कारोवार र मासु सहज रुपमा खपत हुँदै आएको काम्मु बताउनुहुन्छ ।

बङ्गुरका पाठापाठीको मात्र कारोवार गर्नुहुन्न । मासुका लागि पनि बङ्गुर उत्पादन हुन्छ । दुई वर्षको अवधिमा ४६ हजार ११० किलोग्राम बङ्गुरको मासुको कारोवार गर्नुभयो । काम्मुले मासुबाट मात्र रु नौ लाख ८३ हजार ४०० आम्दानी गर्न सफल हुनुभएको हो ।

विसं २०७४ मा यमकला काम्मुद्वारा सञ्चालित बङ्गुर तथा कृषि फार्ममा ७० वटा बङ्गुरका भाले पोथी छन् । एक कोठामा एक बङ्गुर राखिएको छ । बङ्गुरका लागि पानी र दानाका लागि कोठाभित्र व्यवस्थापन गरिएको छ । अहिले ७० बङ्गुरका लागि दुईवटा व्यवस्थित खोर निर्माण छ । दुई खोरको बीचमा एउटा माछापोखरी छ । पोखरीमा माछापालनले झनै आकर्षित बनाएको छ फार्म । माछापालन व्यवसायबाट पनि रु दुई–तीन लाख सहज रुपमा आम्दानी हुन्छ । स्थानीय कुखुरापालन व्यवसायबाट रु एक–दुई लाख हाता पर्छ नै ।

काम्मुले १८ वटा बङ्गुरका पाठापाठी सङ्कलन गरी व्यवसाय शुरुआत गर्नुभयो । उहाँको फार्म अहिले ७० वटा बङ्गुरका भालेपोथी छन् जसमध्ये ३० बङ्गुरका पोथीले बच्चा पाउँछन् । स्थानीयस्तरमा प्रतिकिलो रु २४० मा मासु खपत हुन्छ । यहाँ उत्पादित बङ्गुर किन्नका लागि तानसेन, बुटबल, पोखरालगायत स्थानका मानिस घरमा आउँछन् । छ महिनामा बङ्गुर सुत्केरी हुने गर्छ । औसतमा एउटा बङ्गुरका माउले दशवटा बच्चा जन्माउँछ । बङ्गुरका बच्चालाई एक महिनामा आमादेखि छुटाउनुपर्ने सञ्चालक काम्मुको भनाइ छ ।

प्रदेश नं ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले काम्मुको फार्म पुग्दा निकै हौसिनुभयो । एउटा महिलाले दुईवटा खोरमा बङ्गुरपालन प्रतिको मोह र यस व्यवसायमा देखाएको मिहिनेत सबैले सिक्नुपर्ने बताउनुभयो । नेपालमा बङ्गुरपालन व्यवसायप्रति युवापुस्ताको आकर्षण हुनुपर्ने उहाँले बताउनुभयो । नेपालमा बङ्गुरको मासु ठूलो मात्रा खपत हुँदै आएको र यस व्यवसायको राम्रो सम्भावनासमेत रहेको पौडेलको दाबी छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आव २०७५÷७६ सालको कृषि अनुदान कोषको रु १० लाख आर्थिक सहयोग र रु १५ लाख काम्मु लगानीमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय पाल्पाको समन्वयमा स्थापित बङ्गुर फार्म हो । नेपाली बङ्गुरको मासु चीनले आर्यात गर्ने भनेपछि बङ्गुरपालन पेशाप्रति युवाको आकर्षण बढ्दो छ ।

“नेपाली भूमिमा पसिना बगाउन तयार हुँदा स्वदेशमा नै प्रशस्त पैसा कमाउन सकिँदो रहेछ”, काम्मुले भन्नुभयो, “सफलतामा चुम्नका लागि नियमित रुपमा मिहिनेत गर्ने बानी हुनुपर्छ, काम गर्न लजाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ । मिहिनेतले काम्मुद्वारा सञ्चालित काम्मु बङ्गुर तथा कृषि फार्म अहिले सबैको आकर्षक केन्द्र बन्दै गएको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमसीसी सम्झौतामा दुईचोटि परिमार्जन भइसकेको प्रचण्डको खुलासा
एमसीसी सम्झौतामा दुईचोटि परिमार्जन भइसकेको प्रचण्डको खुलासा
काँडा गाउँपालिका–५ मा एमालेको प्यानल निर्विरोध
काँडा गाउँपालिका–५ मा एमालेको प्यानल निर्विरोध
काभ्रेमा सैनिकले ‘ढोका थुनेर महिलाको हात बाँधेर बलात्कार प्रयास गरेपछि…
ओलीले दिल्लीको दिल जित्लान् ?
ओलीले दिल्लीको दिल जित्लान् ?
जी–२० बैठकः व्यापार युद्धविरामको सहमति, विवाद र आशंका जीवितै
जी–२० बैठकः व्यापार युद्धविरामको सहमति, विवाद र आशंका जीवितै
पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ : राष्ट्रपति पौडेल
पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ : राष्ट्रपति पौडेल
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पहिलो र दोस्रो संविधानसभा सदस्यलाई संविधानसभा पदकबाट सम्मानित
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पहिलो र दोस्रो संविधानसभा सदस्यलाई संविधानसभा पदकबाट सम्मानित
प्रधानमन्त्री प्रचण्ड इटालीको रोममा
प्रधानमन्त्री प्रचण्ड इटालीको रोममा
एडीबीद्वारा बङ्गलादेशको लागि थप १९ करोड डलर स्वीकृत
एडीबीद्वारा बङ्गलादेशको लागि थप १९ करोड डलर स्वीकृत
गास, बास र कपासको सुनिश्चित गर्नेलाई मतदान
गास, बास र कपासको सुनिश्चित गर्नेलाई मतदान

तपाईंले छुटाउनुभयो कि?