यस्तो आयो राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २६, २०७४
|
|
३५ पटक हेरिएको
Shares
यस्तो आयो राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका

सारांश

  • काठमाडौं, २६ पुस ।
  • निर्वाचन आयोगले आगामी माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
  • आयोगले आज सार्वजनिक गरेको कार्यतालिका अनुसार आगामी माघ २४ गते मतदान हुनेछ ।

काठमाडौं, २६ पुस । निर्वाचन आयोगले आगामी माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आज सार्वजनिक गरेको कार्यतालिका अनुसार आगामी माघ २४ गते मतदान हुनेछ । उच्च अदालत रहेका स्थानहरुमा बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुने समय तोकिएको छ ।

आयोगबाट प्रदेशगत रूपमा मतदाता नामावली तयार गरी निर्वाचन अधिकृतको कार्यालयमा पठाइने र दाबी विरोधलगायतका प्रक्रिया सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट सञ्चालन गरिने उल्लेख छ । यसका लागि आयोगले माघ १० गते मतदाता नामावली प्रकाशन गर्ने र ९ गते अन्तिम नामावली प्रकाशन गरी १० गते नै उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, १५ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र माघ २४ गते बुधबारको दिन मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगको बुधबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन व्यवस्थापनका लागि तयार गरिएको निर्वाचनसम्बन्धी कार्य तालिकालाई स्वीकृत गरी सार्वजनिक गरेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ५ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को पुस २१ गते बसेको बैठकले आगामी माघ २४ गते बुधबारलाई राष्ट्रिय सभा निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकेको थियो ।

यसैगरी, आयोगको बुधबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न गर्न राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ बमोजिम प्रत्येक प्रदेशमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्नुपर्ने भएकाले न्याय परिषद् सचिवालयबाट प्राप्त नामावली बमोजिम ७ (सात) जना जिल्ला न्यायाधीशलाई मिति २०७४ साल पुस २७ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?