देउवासँग हामीलाई लोकतन्त्रको पाठ पढाउने योग्यता छैन : विष्णु पौडेल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०७४
|
६१
|
३४ पटक हेरिएको
Shares
देउवासँग हामीलाई लोकतन्त्रको पाठ पढाउने योग्यता छैन : विष्णु पौडेल

सारांश

  • रुपन्देही, १४ मंसिर ।
  • रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका लागि नेकपा एमालेका उम्मेद्धवार विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुलाई लोकतन्त्रको पाठ पढाउने योग्यता नराख्ने आरोप लगाएका छन् ।
  • बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

रुपन्देही, १४ मंसिर । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका लागि नेकपा एमालेका उम्मेद्धवार विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुलाई लोकतन्त्रको पाठ पढाउने योग्यता नराख्ने आरोप लगाएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । ‘मुलुकको प्रधानमन्त्रीजस्तो व्यक्तिले वामपन्थीहरुको बहुमत आए अधिनायकवाद आउँछ भन्नु निर्धो तर्क हो, प्रधानमन्त्री देउवाले हामीविरुद्ध लगाएका आरोप उहाँका परिवारका सदस्यहरुले पनि पत्याएका छैनन् । अरुको कुरा छोडिदिनुहोस्, जनताको कुरा त झनै पर जाओस् –उनले भने।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफूहरु सच्चा लोकतन्त्रवादी शक्ति भएको समेत जिकिर गरे । उनले भने,‘प्रधानमन्त्री देउवाको आरोपमा कुनै सत्यता छैन, यो त निरिह तर्क हो, उहाँका परिवामा गएर सोध्नुहोस्, उहाँका परिवारले समेत पत्याउँदैनन्, विचरा तर्क, निरिह तर्क हो, हामी लोकतन्त्रको लागि लडेका शक्ति हौं, ईतिहाँसका कुन–कुन कालखण्डमा उहाँले राजाको कृपाले के गर्न खोज्नुभयो, पछि उनै राजाले उनलाई अक्षम घोषणा गरेर हटाईदिए, यो दुनियाँलाई थाहा भएको कुरा हो।’ उनले पटक–पटक दोहोर्याए भने,‘हामीलाई लोकतन्त्रको पाठ पढाउने योग्यता कांग्रेसले राख्दैन्, न त देउवासँग नै त्यो योग्यता छ।’

नेता पौडेलले मुलुकमा यतिवेला जनताले सुख, समृद्धि र विकास चाहेको उल्लेख गरे । उनले थपे,‘समृद्धिको लागि हामी सरिक छौं । हामी कुशल नेतृत्व लिएर छिट्टै सरकारमा आउँदैछौं ।’

वामपन्थीहरुले अब अन्य लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य नगर्ने हो भनेर पत्रकार ऋषि धमलाले सोधेको एक प्रश्नमा उनले भने,‘सहमति, सहकार्य र एकता हुँदैजान्छ, डेमोक्रेसीमा सहमति भनेको जनताको चाहना अनुसार हुन्छ, उनीहरुको चाहनाको जगमा बसेर सहमति खोजिन्छ।’

उनले एमाले–माओवादी केन्द्रको वाम गठबन्धन अहिले मुलुकमा राजनीति अस्थिरताको अन्त्यको लागि लागिपरिरहेको बताए । पौडेलले थपे,‘हामी बुहमतको सरकार बनाउन जाँदैछौं । संभवत दुई तिहाईको सरकार हामी बनाउँदैछौं, जनताले चाहेका अनुसार विकासका कार्यक्रमहरु अबको सरकारले अघि बढाउँछ, त्यसका आधारमा सबैलाई गोलबन्द गर्छौं ।’

एमाले र माओवादी केन्द्रले नै राजतन्त्र विरुद्धको आन्दोलन अगुवाई गरेको उल्लेख गर्दै उनले भने,‘संविधान निर्माणको लागि हामीली अगुवाई गरेका हौं, संकटका समाधानको लागिह हामीले अगुवाई गरेको कुरा देश र जनतालाई थाहा छ, जनमुखी सरकार सञ्चालन गर्न सक्ने शक्ति एमाले र माओवादी नै हो, त्यसैले हामीलाई यो निर्वाचनमा जनताले अत्यधिक बुहमत दिन चाहनुभएको छ ।’

वामपन्थीहरुले दुई तिहाई परै जाओस् बहुमत पनि ल्याउन सक्दैनन् भनेर कांग्रेसका नेताहरुले आरोप लगाएका छन् नि भनेर धमलाले सोधेको अर्को प्रश्नमा पौडेलले भने,‘कांग्रेसको आरोप झुटो हो, चुनावको परिणाम नआउन्जुलेसम्म यो भन्ने छुट छ, बाम गठबन्धनहरुको बहुमत आउँदै भनेर कांग्रेसीहरुले भन्दा राहत मिल्ला तर हामी बुहमत ल्याउँछौं ।’

कांग्रेसप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका नेता पौडेलले भने,‘कम्युनिष्टहरुले के अब कांग्रेसको शासन स्थापित गर्नुपर्ने हो र ? यो संविधान हामीले निर्माण गरेका छौं, यो लोकतान्त्रिक छ, अग्रगामी छ, जनमुखी छ । यो संविधानको रक्षा, प्रयोग र कार्यान्वयन हामीले गर्छौं । यसको प्रयोग गर्दा तानाशाही हुन्छ र ?’

पूर्व अर्थमन्त्री समेत रहेका नेता पौडेलले विगतमा कांगे्रसले बहुमत ल्याउँदापनि सत्ता चलाउन नसकेको आरोप लगाए । उनले भने,‘कांग्रेस त कस्तो शक्ति हो भने बुहमत प्राप्त गरेर सरकार पनि टिकाउन नसक्ने पार्टी हो, ०४८ सालमा कांग्रेसले बहुमत ल्याएको थिएन र ? बहुमत ल्याएर पाँच वर्षको लागि विजयी गराएको पार्टी वीचमै सदन विघटन गरेको होईन, त्यसैले कांग्रेसले विकासको कुरै गर्न सुहाउँदैन्।’

नेता पौडेलले वाम गठबन्धनमा एक सय एक सक्षम नेताहरु भइकोले चुनावपछि बन्ने सरकारको नेतृत्व सहमतिमै हुने दाबी गरे । उनले भने,‘नेपाली जनताले हार्दिकतापूर्वक स्वागत गर्नेगरि प्रधानमन्त्रीको नाम अघि सार्छौं, निर्वाचन सकिएको लगत्तै प्रधानमन्त्रीको नाम अघि सार्छौं ।’

केपी शर्मा ओली र पुष्पकमल दाहालवीचको सम्बन्ध कुनै काँचो धागोमा अडिएको सम्बन्ध नभएको प्रतिक्रिया दिँदै उनले वाम गठबन्धनम कुनै फाटो नआउने समेत दाबी गरे । उनले थपे,‘यो लामो समयसम्म एउटै कम्युनिष्ट पार्टी निर्माण गरेर, सुखी नेपाली र समृद्ध राष्ट निर्माण गर्ने, र समाजवादतर्फ मुलुकलाई लिएर जाने उध्ेश्यका साथ कायम भएको सम्बन्ध हो । विश्वासको जगमा, सिद्धान्तको जगमा, स्थापित भएको सम्बन्ध हो । एमाले र माओवादी केन्द्रवीचको सम्बन्ध, चुनावी गठबन्धनमात्रै होईन, पार्टी एकता हुन्छ ।’

पार्टी एकता गर्न सजिलो छ र ? भनेर धमलाले सोधेको अर्को एक प्रश्नमा उनले थपे,‘कुन चाहीँ काम सजिलो छ र ? तपाईले मलाई प्रश्न सोध्नुभयो, यो सजिलो काम हो र ? उहाँदेखि आउनुभएन र ? काठमाडौंबाट आउनुपरेन ? त्यसैले हामी मिलेरपनि देखाईरहन्र्छौं । यसमा कुनै दरार आउँदैन । हार्दिक जीवन्तका साथ पार्टी अघि बढ्छ।’

रुपन्देहीका जनताहरुले विकास र समृद्धि चाहेको उल्लेख गर्दै थपे,‘जनताहरुले स्वभाविमानका साथ जीवन बिताउन चाहनुभएको छ, केही निश्चित चाहना छ, पहाड र तराईकावीच विभाजन गर्ने कोशिश नहोस, ५ प्रदेश नम्बरको राजधानी बुटवल होस् भन्ने हो । हिजो हामीले थालेका केही महत्वपूर्ण विकासका कामहरु, कालीगण्डकीका पानी तिनाउ नदीमा खन्याउने, अन्र्तराष्ट्रिय विमानस्थलको काम छिटो होस्, बुटवलेदखि गैडाकोट निर्माण छिटो होस्, मेडिकल कलेज निर्माण हुँदैछन्, बेलवास भित्री सडक, बुटवलबाट लमही भएर कोहलपुर जाने सडक, बुटवलबाट पोखरा जाने सडक बनाउने, हुलाकी राजमार्गलाई चार लेनको स्टाण्र्ड अनुसार, रंगशाला निर्माण गर्दैछौं । यो ठाउँलाई महानगर बनाउन चाहन्छौं । राम्रो महानगरको रुपमा। महत्वपूर्ण विकासका आयोजनाहरु छन् । ती सबै आयोजनाहरुलाई समयमै सम्पन्न गर्ने हो।’

उनले आफूले गरेका चुनावी वाचा पूरा गरेको समेत बताए । उनले भने,‘म गरेका बाचा पूरा गर्ने नेता हुँ। अन्र्तराष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया हामीले सुरु गरेका हौं, अब हामी राजनीतिक अस्थिरतलाई समाप्त गर्छौं । प्रक्षेपित लागत, गुणस्तर र समयमा सम्पन्न हुनुपर्छ । आयोजनाहरुमा तीन वटा पूर्व शर्तहरु पूरा हुन्छ।’

५ नम्बर प्रदेशको राजधानी बुटवल, तिलोत्तमा र सैनामैनामध्ये एकमा हुने बताए । उनले भने,‘प्रदेश सभाको दुई तिहाई भन्दा बढिले बुटवल राजधानी बन्छ ।’
त्यस्तै उनले रुपन्देहीका सुकुम्वासीहरुको समस्या समाधानका लागि प्रभावकारी पहल विगतमा पनि आफूहरुले नै लिएको जिकिर गरे ।

उनले भने,‘एमाले र माओवादी केन्द्रले पहल लिएको छ, ६५ हजार घरपरिवारलाई लालपुर्जा प्रदान गरेका थियौं । ०७० सालको निर्वाचन लगत्तै पनि यो प्रक्रिया अघि बढाएका थियौं । अब सुकुम्वासीको विरुद्धमा मुद्दा हाल्ने काम कसैले नगरोस्।’ पौडेलले आफूहरुको पूर्ण ध्यान संविधान कार्यान्वयनमा केन्द्रित रहेको सुनाए ।

प्रतिक्रिया

61 कमेन्ट

    Comment Author

    Ravi Sharma

    Ani bisnu ji tapai bajet pes garna napaini Artha manyri ko kati ani tapai ko suprim kamandar ko kati vanideya aavari hunitheya

    Comment Author

    Megh Nath Basnet

    ya yogyata hjr ko kati xa duniyalai thaha xa netaji

    Comment Author

    Chuda Mani Acharya

    तपाईंकै अध्यक्षको छ योग्यता ; जम्मा एस एल सी पास ।

    Comment Author

    Gopi Timilsina

    Communist lai loktantra hehe bandarko haatma nariol

    Comment Author

    Shyam Fayal

    Kati hasne gaf party ka fuchche netako.

    Comment Author

    Narottam Lal Maskey

    Ho 100% thik.Ajha yo kura tapai lye vandaa cong netaa haru lye vanye ko vaye base kinaki tapai ko netaa haru ko gathabandha lye yesto vannye naitik adhikaar Oli sarkaar giraunye prachandye ko karya lye gumaai sakeko xa. Janataa lai biswaas xaina.

    Comment Author

    Madhav Nepal

    bisnu paudel aafaima xa yoggyata.i com bcom 10 ma 2 com…

    Comment Author

    उत्तम घिमिरे

    8 पास गरेकै हुन पर्छ, अरुले पढाएकाे वुझ्दैनन् क्यारे !

    Comment Author

    Hari Hancy Hero Hero

    Sala dauba li taso vana ? taro k x yogayata

    Comment Author

    Bhupu Adhikari

    अनि तिमी सङ छ र under SLC भयर नि अर्थ मन्त्री भाको तिमी होइन बुढा देउबा त राजनीति शास्त्र पद्नु भको च

      Comment Author

      जे.पि. शर्मा कडरिया

      देउवाको पढाइले देश ध्वस्त पार्न काम लाग्यो।कम पढेको भएपनि विष्णू पौडेलले देशै ध्वस्त पार्दैनन्।

      Comment Author

      Bishnuraj Thapa Chhetri

      राजनीतिक शास्त्र पढेर त नदी नाला बेचेर खाए 38 कारखानालाई कौडी को भाव मा बेचेर आफना कार्यकर्तालाई पोछे भुकम्प पिडित को रासन तिरपाल लुकाएर बेचेर खाए कर्कट पाता बेचेर खाए तिम्रो अर्थ शास्त्री नेता हरु ले??

      Comment Author

      Bikash Chhetri

      ani khadge le k khyaso ni tyo pani pradhan mantry bhakai ho ni khali haawadary ra afna bharauta pisne bhanda k garyo ni

      Comment Author

      Bikash Chhetri

      tyo timi bharautele bhanera hunxa ra

      Comment Author

      किंग डि.सी

      Bisnu sharma le aafno aukat dekhaihale

    Comment Author

    Tanka Bista

    Kura thik garnu vo

    Comment Author

    Daya Ram Bhattarai

    तिमी ले बुज्दैनौ के गर्ने कम्रेड

    Comment Author

    Kisan Xettri

    khaty t chai k aauxr khathy

    Comment Author

    Ishwor Basnet

    Undar SLC ko dhak

    Comment Author

    Kiran Sharma

    Aani timro chha ni.

    Comment Author

    Kirana Rana

    नत्र तिम्रो बाउ ओलि को योग्यता छ

      Comment Author

      Bikash Chhetri

      Yo ta sahi ho hai

    Comment Author

    Ganesh Ganesh

    Ta jasto slc pass na garako lea k sekthes ta loktantra ko path

    Comment Author

    Rudra Paudel

    Timi kati padeko man6e ho ra

    Comment Author

    Suman Gyawali

    ८ पास तिमी

    Comment Author

    Muhar Rawal

    तेइ त तपाईं जस्तो लोकतन्त्र मा PHD गरेको मान्छे लाई पढाउने योग्यता हुने कुरै भयन नि।

    Comment Author

    Solti Gorkhe

    लाेकतन्त्रकाे क ख र सिकायाे काङ्गरेसले अहिले अाएर अाफै जान्ने हुने महेन्द्रका भुतहरु ।

    Comment Author

    Gajendra Kaphle

    Under le kvneko comred haru lae democrate ko path sikaune guru ka bata magaunu ta ????

    Comment Author

    Krishna Shrish

    हो अन्दर 8 लाई लोकतन्त्रको पाठ पढाई के गर्नु बुझ्न् पर्यो नि

    Comment Author

    Yub Raj PokhRel

    तिमिसङ छ त under slc

    Comment Author

    Shiba Bhattarai

    Slc pass gareko ta artha mantri vayako hoenas k thaha x talai artha mantri ko barema

      Comment Author

      Bikash Chhetri

      Sahi ho

    Comment Author

    Gopal Dahal

    Vishnuji tapai r tapaiko camandarko education kati cha ?

    Comment Author

    Rabi Prakash Malla

    Laj navayako yo under s.l.c.le bhaneko hearts!!!

    Comment Author

    Debmani Dangal

    लोक तन्त्र तिमी लाई थाछ

    Comment Author

    Yamuna Dhakal

    khub yogyata bhayako hjr ta???

    Comment Author

    Prabin Khadka

    त सग त खाते

    Comment Author

    Hirendra Bahadur Bayak Chhetry

    To kukur li k tha८ passna ho mora

    Comment Author

    Bikash Chhetri

    Yo ni lutera ho

    Comment Author

    Kedar Dhungel

    लोकतन्त्र को पक्षमा भएपो सिकाउनु त माक्र्सवाद र लेलिनबाद भन्ने लाई

    Comment Author

    सीता त्रिपाठी

    योग्यता भएका कमरेटहरू

    Comment Author

    Karki Dev

    8Pass nagarekole k ko jori khojeko hola

    Comment Author

    Yagya Shiwakoti

    Tehi bhayer hola 10 class pass gareka Bishnu poudel finane minister bhaya hun .

    Comment Author

    Shanker Rimal

    अह हाेनि तिम्रो योग्यताको खुब बयान छ ।।

    Comment Author

    Baburam Ghimire

    तिमीहरु अन्दर SLC को ग्यङ्ग देउपा oxford को स्टुडेन्ट ।

    Comment Author

    Kamal Paudel

    Yes, he deserves to teach you the lesson of democracy, you communist.

    Comment Author

    Bharat Baral

    योग्यता नै थाहा नहुने दलका नेताहरुले के बोल्ने भन्ने नै थाहा छैन ।

    Comment Author

    Akash Bhandari

    terima 8 pase lok tantra kasle layo nepalma talai thaxa???????? Ali bujer bolne gar!

    Comment Author

    Kamal Paudel

    कुन चाँही कम्युनिष्टलाई लोकतन्त्र भन्न सिकाएन काँग्रेसले ? एमालेलाई ०४६ सालबाट सिकाउँदै आयो तर रङ्गिन स्याल जस्तो अहिले असली रुपमा देखियो , माओवादीलाई ०६२ देखि सिकायो उही पुन: मुसिक भव: को हालत भयो । जतिसुकै बाघको खोल ओढेपनि व्वाँसाहरु जहिले पनि व्वाँसा नै हुन्छन् ।

    Comment Author

    Heera Gurung

    साँच्ची हो ……
    नर्सरी को बच्चालाई डिग्रीको कोर्स कसरि पढाउने ? कसैले सक्दैन ….

    Comment Author

    Keshav Pokharel

    तिमिहरू पढदै न पढि हचुवा भरमा नेता भएका

    Comment Author

    Madhukar Pandey

    8 कक्षा फेल ले के सिकाउछ के सिकाउदैन कांग्रेस लाई था छ

    Comment Author

    Punya Bhandari

    मेरो नजरमा तपाइ एमालेका नेताहरु मध्ये सालिन तथा राम्रै नेतामा पर्नुहुन्छ । तपाइबाट यस्ता कुरा नगरेकै राम्रो ।

    Comment Author

    Kiran Khadka

    कांग्रेस ले राणा शासनकाे बिरुद्ध आन्दोलन गर्दा कुन दुलोमा थियो मुला अहिले कांग्रेसलाई पाठ सिकाउछ।

    Comment Author

    Khadga Khadka

    bisnu ji 8 pase lai hola bikasha ko mmodel thaha uccha education hayako lai ke thaha huncha under slc jamat lai sakali knowledge hola thik bhannu bhayo

    Comment Author

    Shiva Shrestha

    Under S L C को येत्रो धक्कु

    Comment Author

    Mohan Kayasta

    Deuba is MA in political science . KP and you?. Kati?.

    Comment Author

    Narbahadaur Kunwar

    तिमी लाई अाफै कती पढेकाे छु भन्ने थाहा छैन जस्तो छ

    Comment Author

    Narayan Prasad Sapkota

    माऊ भन्दा चल्ला जान्ने भनेको यहि रहेछ । पहिले लोकतन्त्र को पाठ तिमीहरूलाई सिकायो । सिकिसके पछी सिकाऊनु पर्दैन रे
    बिरालोले बाघलाई सबै सिकारी तालीम दिएपछी बाघले बिरालोलाई नै आक्रमण गर्न खोजे जस्तो भएनर कमरेड।

    Comment Author

    Milan Thapa

    How absurd. ….

    Comment Author

    Suresh Subedi

    Under SLC vayera yogyata ko kura garne..!!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 61
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?