निर्माण व्यवसायीद्वारा सरकारी बोलपत्र बहिष्कारको घोषणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १६, २०७६
|
|
३१ पटक हेरिएको
Shares
निर्माण व्यवसायीद्वारा सरकारी बोलपत्र बहिष्कारको घोषणा

सारांश

  • काठमाडौं।
  • नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद ९छैटौँ संशोधन० नियमावली, २०७५ का केही बुँदाको विरोधस्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
  • महासङ्घ कार्य समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रवक्ता टङ्कप्रसाद चौलागाईँले जानकारी दिए।

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद ९छैटौँ संशोधन० नियमावली, २०७५ का केही बुँदाको विरोधस्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।महासङ्घ कार्य समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रवक्ता टङ्कप्रसाद चौलागाईँले जानकारी दिए। व्यवसायीले नेपाल सरकारबाट आह्वान भएका तथा हुने सम्पूर्ण बोलपत्र बहिष्कार गर्दैै इजाजतपत्र समेत सरकारलाई बुझाउने भएका छन्। व्यवसायीले आ–आफ्नो इजाजतपत्र महासङ्घमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई र सम्बन्धित जिल्ला सङ्घले प्रजिअमार्फत बुझाउने कार्यक्रम रहेको जनाइएको छ।

यसैबीच महासङ्घले सार्वजनिक खरीद ९छैटौँ संशोधन० नियमावली, २०७५ का केही बुँदाको विरोधमा थप सङ्घर्षका कार्यक्रम तय गर्न जेठ २२ गते राष्ट्रिय भेला बोलाएको छ । प्रदेश महासङ्घ र जिल्ला सङ्घहरुबाट अध्यक्ष, महासचिवसहित तीन जनाको अनिवार्य उपस्थिति हुने गरी भेला कार्यक्रम तय गरिएको महासङ्घका प्रवक्ता चौलागालाईँले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?