सरकार विरुद्ध राप्रविसंको विरोध प्रदर्शन, सिके राउतको पुत्ला दहन !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०७५
|
|
१७ पटक हेरिएको
Shares
सरकार विरुद्ध राप्रविसंको विरोध प्रदर्शन, सिके राउतको पुत्ला दहन  !

सारांश

  • काठमाडौं, १० असाेज ।
  • राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले मुलुकमा बढ्दै गएको बलात्कार, हत्या, महंगीलगायतको विरोध गर्दै सरकार विरुद्ध प्रदर्शन गरेको छ ।
  • राजधानीको बबरमहलमा भेला भएका विद्यार्थीहरुको विरोध ¥याली नारा जुलुससहित माइतिघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो ।

काठमाडौं, १० असाेज । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले मुलुकमा बढ्दै गएको बलात्कार, हत्या, महंगीलगायतको विरोध गर्दै सरकार विरुद्ध प्रदर्शन गरेको छ । राजधानीको बबरमहलमा भेला भएका विद्यार्थीहरुको विरोध ¥याली नारा जुलुससहित माइतिघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई संगठनका अध्यक्ष महेश बहादुर सिंह, महासचिब ज्योति तिमल्सिना, सहायक महासचिब अभिविन्द खनिया, केन्द्रीय सदस्य त्रिविक्रम सिंह, काठमाडौं जिल्ला अध्यक्ष नेल्सन घलान लगायतले सम्बोधन  गरेका थिए । वक्ताहरुले देशमा बलत्कार, हत्याका श्रृंखला बढीरहँदा सरकारले दोषी पत्ता लगाई कारवाही गर्नुपर्नेमा अपराधी संरक्षण गर्न उद्धत रहेकोले त्यसका विरुद्ध राप्रविसं आन्दोलनमा उत्रनुपरेको बताएका थिए । महंगी, भ्रष्टाचार, बलात्कार, सिलसिलावद्ध भइरहेका महिला हिंसा, निरन्तर रुपमा गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलगायतको चर्को विरोध गर्दै सो सभामा विद्यार्थीहरुले सरकारकै आडमा राष्ट्र विखण्डनको नारा लगाउने सिके राउतको पुत्ला समेत जलाएका थिए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?