प्रतितोला ८०० ले बढ्यो सुनको मूल्य
सारांश
- नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।
- साताको कारोबारको पहिलो दिन छापावाला सुन तोलामा आज ८०० ले वृद्धि भएर ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
- शुक्रबार सुन तोलामा ८८ हजार २०० रुपैयाँमा खरिद बिक्रि भएको थियो ।
नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । साताको कारोबारको पहिलो दिन छापावाला सुन तोलामा आज ८०० ले वृद्धि भएर ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबार सुन तोलामा ८८ हजार २०० रुपैयाँमा खरिद बिक्रि भएको थियो । त्यस्तै, तेजाबी सुन आज ८८ हजार ५५० रुपैयाँमा कारोवार भैरेहको छ । शुक्रबार तोलामा ८७ हजार ७५० रुपैयाँमा कारोवार भएको थियो ।
चाँदी तोलामा २५ रुपैयाँले बढेर १ हजार ३३० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । चाँदी शुक्रबार तोलामा १ हजार ३०५ रुपैयाँमा खरिद बिक्रि भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया