विश्वका यस्ता स्थान जहाँ त्यहाँ बसिरहेका बाहेक अरुलाई जान प्रतिबन्ध

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०७४
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • पृथ्वीमा कतिपय यस्ता स्थानहरु छन् जहाँ त्यहीँका रैथाने बाहेक अन्य स्थान तथा समुदायका मानिसलाई जान प्रतिबन्ध छ ।
  • आदीवासीहरुको बसोवास रहेका यी स्थानहरुमा बाहिरी मानिसहरुको चासो रहे पनि पहँुच भने करिब करिब सून्य नै छ ।
  • बिश्वका यस्तै स्थानहरु मध्ये शुरुमा कुरा गरौं, लासकक्स गुफाको ।

पृथ्वीमा कतिपय यस्ता स्थानहरु छन् जहाँ त्यहीँका रैथाने बाहेक अन्य स्थान तथा समुदायका मानिसलाई जान प्रतिबन्ध छ । आदीवासीहरुको बसोवास रहेका यी स्थानहरुमा बाहिरी मानिसहरुको चासो रहे पनि पहँुच भने करिब करिब सून्य नै छ । बिश्वका यस्तै स्थानहरु मध्ये शुरुमा कुरा गरौं, लासकक्स गुफाको । दक्षिणी फ्रान्समा अवस्थित यो प्राचीन गुफा अनौठा भित्ते चित्रहरुका कारण प्रशिद्ध छ । त्यहाँ भएका भित्तेचित्रहरू करीब बीस हजार वर्ष पुरानो भएको मानिन्छ । जसमा अधिकांस चित्र जनावरहरुको भेटिन्छन् । सन् १९४० सेप्टेम्बर १२ मा मार्सेल रविदत्त नाम गरेको एक युवकले यो ‘लासकक्स गुफा’को द्वार फेला पारेका थिए । त्यसपछि, उनीहरूले उक्त खोजको बारेमा आफ्नो समुदायका मानिसलाई जानकारी गराए । वर्षौँसम्म यस गुफाको अनुसन्धान भयो र सन् १९४८ मा फेला परेका तथ्यहरु सार्वजनिक गरियो । त्यसपश्चात मात्रै थाहा भयो त्यस गुफामा मानिसहरु पस्दा गुफाका चित्रमा क्षति पुग्ने रहेछ । मानिसहरूले स्वासप्रश्वास गर्दा फाल्ने कार्बनडाइअक्डाइड ग्यासले ती चित्रहरूलाई हानि समेत गर्ने अनुसन्धानमा देखियो । त्यसपश्चात सन् १९६३ देखि नै गुफामा जान प्रतिबन्ध लगाइएको छ ।अहिले यस गुफालाई ‘युनेस्को विश्व सम्पदा सूची’मा समावेश गरिएको छ र यहाँ गुफाको अध्ययन तथा अनुसन्धानमा संलग्न केहि वैज्ञानिकहरू मात्रै जान पाउँने ब्यवस्था रहेको छ ।

त्यस्तै रशियाको ‘मेट्रो दुई’पनि अर्को प्रतिवन्धित स्थान हो । ‘मेट्रो दुई’ मस्को शहरमुनि भएको गोप्य मेट्रो सिस्टमलाई दिइएको नाम हो । ‘डि ६’ कोडनाम दिइएको यो मेट्रो सिस्टम ‘जोसेफ स्टालिन’ले बनाएको भूमिगत रेलमार्ग हो । यस सुरुङ्गमा करीब तीस हजार मानिसहरू अटाउन सक्छन् भने यो क्रेमलिनदेखि ‘एफएसबी हेडक्वाटर्स’सम्म जोडिएको छ । यो स्थानमा जान पनि प्रतिबन्ध लगाइएको छ ।

‘इसे ग्राण्ड श्राइन’ त्यस्तै अर्को प्रतिबनिधत स्थान हो । जापानमा अवस्थित इसे ग्राण्ड श्राइन’ एकसय वटा भन्दा बढी मन्दिरको समूह हो । त्यहाँका मन्दिरहरुलाई सबैभन्दा पवित्र मन्दिर मानिन्छ । स्थानियहरुका अनुसार त्यहाँ रहेका मन्दिरहरु मध्ये ‘आमातेरासु’ मन्दिर चार बिसीमा सूर्यप्रति समर्पित गरेर बनाइएको विश्वास गरिन्छ । केहि भिक्षु तथा जापानी शाही परिवारका सदस्य मात्र यो मन्दिरमा जान पाउँछन् । त्यस्तै, ब्राजिल, साओ पाउलाको तटबन्दमा पर्ने यो ‘स्नेक टापु’मा तपाईँले प्रत्येक वर्ग मिटरमा एउटा सर्प भेट्न सक्नुहुन्छ, यसै हिसाबले हरेक पाइलामा तपाईँले एउटा सर्पलाई टेक्नुहुन्छ । यहाँ सबैभन्दा बढी पाइने सर्प दुर्लभ मानिने ‘गोल्डेन पिटभाइपर’ हो । जसको टोकाईले हाम्रो शरीरमा ‘होमोटक्सिन’ नामक विष उत्पन्न हुन्छ र हाम्रो मृत्यु पनि हुन्छ । भाइपर सर्पलाई बचाइराख्नको लागि ब्राजिलको नौसेनाले यस टापुलाई साधारण मानिसहरूको लागि बन्द गरिदिएको छ । पिटभाइपरको अध्ययन गरिरहेका वैज्ञानिक तथा खोजकर्ताहरू पूर्व स्वीकृति लिएर मात्रै यो टापुमा जान पाउछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?