यूएईमा दुईजना नेपालीमा कोरोना भाइरसको संक्रमण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
३६ पटक हेरिएको
Shares
यूएईमा दुईजना नेपालीमा कोरोना भाइरसको संक्रमण

सारांश

  • काठमाडौं।
  • यूइएमा काम गर्न गएका दुई जना नेपाली कामदारमा रहस्यमी कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।
  • यूएई सरकारको स्वास्थ्य मन्त्रालयको हवला दिँदै गल्फ न्यूजले सोमबार दुईजना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ।

काठमाडौं। यूइएमा काम गर्न गएका दुई जना नेपाली कामदारमा रहस्यमी कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। यूएई सरकारको स्वास्थ्य मन्त्रालयको हवला दिँदै गल्फ न्यूजले सोमबार दुईजना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ।

यूएईमा सोमबार थप १४ जना कोरोना संक्रमित फेला परेको र ती मध्ये २ जना नेपाली रहेको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै ती १४ मध्ये २ बंगलादेशी, एक भारतीय, एक रसियन र एक सिरियन नागरिक रहेका छन्।

यूएईमा सोमबार कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। देश र विदेमा गरी नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण भएको यो दोस्रो घटना हो। यसअघि नेपालमा चीनबाट आएका एकजना कोरोना संक्रमित भएका थिए। उनी ठिक भएर काममा फर्किसकेका छन्।

आइतबारमात्र अष्ट्रेलियामा पनि एक नेपाली कोरोना संक्रमित भएको अपुष्ट खबर आएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?