जलिरहेको हात्तीको फोटोले जित्यो अवार्ड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
जलिरहेको हात्तीको फोटोले जित्यो अवार्ड

सारांश

  • गोमा जल्दै आक्रमणकारीको भिडबाट बाँच्न भागिरहेका दुई हात्तीको फोटोले वाइल्ड लाइफ फोटोग्राफी अवार्ड जितेको छ ।
  • भारतको पश्चिम बंगालको बान्कुडामा लिइएको यो फोटोमा हात्तीको बच्चा आगोमा जलिरहेको र माउ हात्तीको पछिपछि भागिरहेको देखिन्छ ।
  • विप्लव हाजराको यो फोटोले वाइल्ड लाइफ फोटोग्राफीको शीर्ष अवार्ड पाएको सेन्चुरी म्यागजिनमा खबर छ ।

गोमा जल्दै आक्रमणकारीको भिडबाट बाँच्न भागिरहेका दुई हात्तीको फोटोले वाइल्ड लाइफ फोटोग्राफी अवार्ड जितेको छ ।
भारतको पश्चिम बंगालको बान्कुडामा लिइएको यो फोटोमा हात्तीको बच्चा आगोमा जलिरहेको र माउ हात्तीको पछिपछि भागिरहेको देखिन्छ ।

विप्लव हाजराको यो फोटोले वाइल्ड लाइफ फोटोग्राफीको शीर्ष अवार्ड पाएको सेन्चुरी म्यागजिनमा खबर छ । तर, आगोमा जल्दै भागिरहेका हात्तीको अवस्था त्यसपछि के भयो भन्ने आधिकारिक सूचना नआए पनि आक्रमणकारीले मारेको खबर बाहिरिएको बिबिसी हिन्दीले लेखेको छ ।

तस्बिरसँगै सेन्चुरी म्यागजिनले लेखेको छ, ‘विप्लव हाजराले जब यो फोटो खिचे, तब चिच्याइरहेका व्यक्तिको समूहले हात्तीमा आगोको अगुल्टो र पटका बर्साइरहेका थिए । विप्लवका अनुसार बच्चा हात्ती विपत्तिमा दौडिरहेका थिए ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?